जीवछ उदासी
लहान,जेठ ३० गते ।
सिरहा जिल्लामा(१६–२५) वर्षका युवाहरु लागु औषधको दुव्यर्सनीमा लाग्ने युवाहरुको संख्या अत्यधिक देखिएको छ । लागु औषध निपणत्रण गर्न प्रहरीले जति प्रयास गरेपनि सफल हुन नसक्ने देखिएकोले सरोकारवाला सबैको सहयोगमा मात्रै लागु औषधमुक्त समाज निर्माण गर्न सकिने सिरहा जिल्ला प्रहरीले बताएको छ ।
प्रहरीको साझा साझेदारी कार्यक्राम अन्तर्गत जिल्ल प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले सरोकारवालाहरु अभिभावक सामुदायिक विद्यालयका प्रधानाध्यापक र संस्थागत विद्यालयहरुको सञ्चालकहरुसँग लहान नगरपालिकाको सहयोगमा लागु औषधमुक्त समाज निर्माणको लागि लागु औषध नियणत्रण तथा अपराध नियणत्रण सम्बन्धी सचेतनामूलक कार्यक्रा सम्पन्न भएको छ ।
जिल्ला प्रहरी प्रमुख रमेश पण्डितले सिरहामा विगत पाँच वर्षको तथ्याङक हेर्दा अवस्था डरलाग्दो छ । खास गरेर(१६–२५) वर्षका युवाहरु लागु औषध दुव्यर्सनीमा लागेका संख्या उल्लेखनीय रहेको बताउनुभयो । उहाँको अनुसार प्रहरीले जति सक्रियता देखाएपनि एक्लैले लागु औषधमुक्त समाज बनाउन सक्ने अवस्था छैन । घरदेखि विद्यालय विद्यालय देखि साथीहरुसँग कहाँ गयो कस्तो वानी व्योहोरा र संगतमा परेको हो निगरानी गर्नुपर्ने भएकोले प्रहरी एक्लैको प्रयासवाट संभव छैन । आमा बाबु घर परिवार र विद्यालयका शिक्षकहरुले निगरानी गर्नुो साथै प्रहरीलाई समयमा नै सूचना उपलब्ध नगराए लागु औषध नियणत्रण हुन कठिन छ ।
२०७९÷८० को तथ्याङक अनुसार १७३ मुदा दार्ता ११ हजार ७३ एम्फु बरामद,चार हजार ४१ ट्यावलेट,३४१,किलो३५० ग्राम गाजा,एक हजार १६५ बोटल,बा्राउन सुगर १७० ग्राम,४८१ मिलिग्राम,चरेश २ ग्राम७७० मिलिग्राम,स्पासप्रो ५८४ ग्राम क्याप्सुल प्रहरीले नियणत्रणमा लिएको थियो भने हालसम्म २०८०÷०८१ म १०७ मुद्दा दर्ता चार हजार १४ एम्पुल,दुई हजार ३०६ टयावलेट,१८७ किलो८५२ ग्रा गाजा,२४८ बोटल कोडिन,१५३ ग्राम३५७ मिलिग्राम ब्राउन सुगर,६४१ प्रोमेथाजिन प्रहरीले बरामद गरिएको छ ।
जिल्लाको तथ्याङक डरलाग्दो रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भन्दै अब हामी सिरहा जिल्लाका सरोकारवालाहरु चुज लागेर बस्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘अपराधमुक्त समाज बनाउन लागु औधषधमुक्त समाज घोषणा गर्न आवश्यक छ । यसको लागि प्रहरी प्रशासनको प्रयासले मात्रै पुग्दैन । जसरी खुल्ला दिसामुक्त समाज बनाउन सबैको पहल आवश्यक रहेको थियो लागु औषधमुक्त समाज निर्माणको लागि सबैको उतिकै भूमिका छ । वडा स्तरीय समिति बनाएर भएपनि लागु औषध नियणत्रण गर्न लाग्न प्रहरी प्रशासनले पहिलेपटक कार्यक्रम लिएर आएको छ ।’
प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषधमुक्त समाज निर्माणको लागि लहान नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरी बजेट निनियोजन गरेर प्रहरीसँग मिलेर शिक्षक अभिभाकहरुसँग सल्लाह गरेर अघि बढ्ने लहान नगरप्रमुख महेश प्रसाद चौधरीले धारणा व्यक्त गर्नुभयो .
कार्यक्रममा सामुदायिक विद्यालयहरुको तर्फबाट बलराम सिंह,संस्थागत विद्यालयहरुको तर्फबाट चक्र दाहाल नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवले यस अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A