जीवछ उदासी
लहान, जेठ ३० गते
लहान नगरपालिकाका पूर्व नगरप्रमुख मुनि साह नमूना गाई पालन गर्न जुटनु भएको छ । राजनीति र उत्पादनलाई सँगै लैजाने उद्येश्यले विहानको समयमा नेता कार्यकर्तासँग बिताउने र १२ बजेपछिको समय गाईको स्याहार गर्न खर्चि रहनु भएको छ ।
लहान नगरपालिका –९ मा गाई पालन कुखुरा पालन बाख्रा पालन परेवा र माछा पालनको एकिकृत कृषि फार्म सञ्चालनमा ल्याएर समय विताइ रहनु भएको पूर्व नगरप्रमुख मुनि साह नाम मात्रको कृषि फार्म होइन, व्यवस्थित फार्म सञ्चालन गरेर रोजगारी र आम्दानी गरेर राजनीतिमा समेत टिक्न सक्ने उद्येश्यले कृषि फार्म चलाई रहनु भएको छ । अहिले डेढ दर्जन गाई दुई दर्जन बाख्रा दुई वटा पोखरीमा माछापालन चलिरहेको छ भने परेवा पालन र बाख्रा पालनको लागि व्यस्थित गोठ बनउने काम अन्तिम चरणमा रहेको छ ।
२०५४ र २०७४ सालको निर्वाचनमा लहान नगरप्रमुख भैसक्नु भएको पूर्व नगरप्रमुख साह थप्नुहुन्छ,‘हामी समाजवादको कुरा गर्छौ तर व्यववहारमा उत्पादनमा जोड दिदैनौ । हामी परिवर्त आफ्नै जीवन शैलीबाट गरेर उदाहरणीय बन्नको लागि जीवनलाई श्रमसँग र राजनीतिलाई सेवासँग जोडेर अघि बढ्न जरुरी छ ।’डेढ दर्जन गाईबाट उत्पादन दूध लहानकै दूध डेरीमा खपत भइरहेको छ । कुखुरा बाख्राm परेवा र माछाको पनि बजारमा जतिपनि बिक्री हुने भएकोले एकिकृत कृषि फार्मलाई विस्तार गर्दै वेरोजगारलाई रोजगार दिन र कृषि फार्म सञ्चालन गरेर स्वदेशमै विदेशको कमाई हुने सन्देस प्रवाह गर्न पनि यतातिर लागेको पूर्व नगरप्रमुख साहले प्रष्टयाउनुभयो ।‘आफू नगरप्रमुख हुँदा हाम्रो लहान समृद्ध लहानको नारा दिएर कृषिमा आत्मनिर्भर हुन आधा दर्जन जति योजनाहरु अघि बढाएका थियौ ।यस पटक चुनावमा पराजित भएपछि फार्म सञ्चालन गरेर नगरवासीहरुलाई स्वरोजगारको लागि अघि बढाउन यतातर्फ ला गेका छु’,उहाँले भन्नुभयो ।
कृषि विकास बैंक लगायत अन्य वितिय संस्थाहरुबाट कृषि अनुदानको लागि आएका सहुलियत ऋणको जति सदुपयोग हुनुपर्ने त्यति हुन नसकिरहेको पूर्व नगरप्रमुख साहले गुनासो गर्नुभयो । उहाँले थप्नुभयो,‘कृषि प्रयोजनको लागि तीनै तहका सरकारले गरेका लगानीहरुको निगरानी हुन आवश्यक छ । खास गरेर कृषि विकास बैंकबाट कृषि फार्म सञ्चालन गरेर उत्पादन गर्ने उदेश्यले लिएका रिन अन्य प्रयोजनमा खर्च गरिरहेको अवस्था छ । सम्बन्धित निकायबाट यसको अनुगमन हुन जरुरी छ । साथै बिचौलियाको मार्फत रकम लिएर कृषि विकास बैंकले रिन प्रवाह गर्ने अनियमितता रोक्न पनि त्यतिकै आवश्यक छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A