असार १० गते सुखीपुर नगरपालिका, बरियारपटि गाउँपालिका, नवराजपुर गाउँपालिका, भगवानपुर गाउँपालिका र सखुवानन्कारकटि गाउँपालिकाको नीति तथा कार्यक्रम बजेट प्रस्तुतीकरण कार्यक्रममा आंशिक रुपमा सहभागी हुन पाए एक संचारकर्मीको रुपम ।
पालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरणपछि शुभकामना मनतव्यमा व्यक्त भएको साझा सुझावको रुपमा आएकाो बजेट पूर्ण रुपमा कार्यान्वयन हुनु परयो । यसको अर्थ प्रष्ट हुन्छ कि - शब्द र योजनाहरु सुन्दर भएपनि कार्यान्वयन पक्ष फितलो रहयो । अब त्यस्तो नहोस् । बोली र ब्यवहारमा समानता देखियोस् । कागजी घोडा जस्तै कामको घोडा दौडिनु परयो । पारदर्शिता सहमति सहकार्य र एकताको वातावरण हुनुपरयो । दलको चुनाव चिन्हबाट जितिएका जन प्रतिनिधिहरु दलको दायरामा मात्रै सीमित नभएर सबै जनताको घभिभाकव हुनुपर्ने संस्कृतिको सुरुवात हुनुपरयो ।
आज सुखीपुर नगरपालिकाको नगर परिषदमा (सभामा ) नगरप्रमुख राम औतात यादवको कार्यशैली र विकासबाट सन्तुष्टि र सन्तुलन विपक्षी खेमाका दलहरुमा देखिएन । शिक्षा स्वास्थ्य र कृषिमा विनियोजित बजेटको कार्यान्वयन पक्षमा पारदर्शिता र जन सहभागिताको पाटो कमजोर रहेको मत बलियो देखियो । सुखीपकर नगरपालिकामा राम औतार यादव नेकपा एमालेबाट दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएकोले उहाँले निरन्तर ६ वर्ष मेयर भएर काम गर्दा कागजी प्रतिवेदनभन्दा काम आफैं बोल्नु पर्दछ। यो अपेक्षा नगरवासीले राख्नु उचित पनि हो । यद्यपि नगरप्रमुख यादवले आफूले प्रदेशमै नमूना काम गरेको दावी गर्नुहुन्छ । सतापक्ष र विपक्षले बोलेको र गरेको दावीलाई अनुगमन गरी सत्यतथ्य बाहिर ल्याइ दिनु हामी सञ्चारकर्मीको काम हो जस्तो अनुभूति मलाई भयो ।
बरियारपटि गाउँपालिका को अध्यक्ष सन्तोष महतोपनि लगातार दोस्रो कार्यकालको लागि निर्वाचित गापा अध्यक्ष हुनुहुन्छ । उहाँ जसपाबाट निर्वाचित हुनु भएको हो । पहिलो कार्यकालमा जसपाकै पूर्ण बहुमतमा रहेर चलाउनुभयो । यसपटक उहाँसँग बहुमत नभएकोले परेशानी महसुस गरिरहनु भएको छ । यद्धपी सहमति सहकार्य र एकताको माहौल बनाएर विकास गरौ भने पक्षमा प्रयासरत रहनु भएको छ । बरियारपटि -३ का वडाध्यक्ष बिनोद यादव आफ्नो धारणा राख्ने क्रममा भन्दैहुनुहुन्थ्यो- सिसि क्यामरा जडानको बजेट ,क्रिकेट खेलको बजेट लगायतका बजेटहरु कार्यान्वयन हुन सकेन । आपसी खिचातानीले राम्रो काम कसरी गर्ने स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्नेमा दलीय रोटी सेक्न अस्वस्थ्य अभ्यासले समस्या उत्पन्न भइरहेको तर्क गर्नुभयो । वडाध्यक्ष यादव नेकपा माओवादीबाट निर्वाचित हुनु भएको छ ।
नवराजपुर गाउँपालिका आइपुग्दा गापा अध्यक्ष शिवउदगार यादव समापन्न मनतव्य दिइरहनु भएको थियो । नवराजपुर गाउँपालिका अध्यक्ष यादव जसपाबाट पहिलोपटक निर्वाचित हुनु भएको हो । गापा अध्यक्ष यादवले सभा समापन्नको घोषणा गरेपछि उपाध्यक्ष पुनम कुमारी यादवले म पनि बोल्न पाउनुपर्छ भनेर मञ्चमा उभिनुभयो । होहल्लाको वातावरण बन्यो । छक्क परे । उपाध्यक्षको त अहम भझमिका हुन्छ । किन उहाँलाई बोल्न नदिएको कुरा अध्यक्ष यादवसँग सोधे। उहाँले भन्नुभयो,' कार्यक्रमको सुरुमै उहाँलाई मञ्चमा बस्न मनतव्य राख्न भने । उहाँ बोल्नु भएन । पछि बोल्न दिने कुरा भएन । बन्द सत्रमा पनि उहाँले किन पदीय मर्यादामा बस्नु भएन ? यसबारे प्रष्ट्याउने छु । उपाध्यक्षले होहल्ला गराएपनि पूर्ण बहुमतले परिषद सम्पन्न हुने र लक्ष्य अनुसार विकासका कामलाई कृषि शिक्षा स्वास्थ्य पर्यटनमा विनियोजन गरिएको छ '
भगवानपुर गाउँपालिकामा नेकपा एमाले पूर्ण बहुमतकासाथ जितेको गाउँपालिका हो । नेकपा एमालेको जिल्ला सचिव उग्र नारायण यादव गापा अध्यक्ष हुनुहुन्छ । सोचे अनुसार यस गापामा विकास हुन नसकेको झसन्तुष्टिहरु सुने । नेकपा एमाले जिल्ला सदस्य राम सुन्दर यादवले विकास त भयो तर निकास नभएको तर्क गर्नुभयो । शिक्षा कृषि जस्ता महत्पूर्ण शाखाहरुमा शाखा प्रमुख नभएकोले सोचे अनुसारको काम हुन नसकेको उहाँले प्रष्टयाउनुभयो । 'नाराबाट स्वास्थय शब्द नै गायब गरिदिनु र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुनु धेरै कमजोरी रहेको छउहाँले भन्नुभयो । जुन आशा र भरोसाको भगवानपुरमा एमालेले बहुमतकोसाथ चुनाव जिते,त्यसरी काम हुन नसकेको गुनासो बढि सुनियो ।
सखुवानन्कारकटि गाउँपालिका
एकिकृत समाजवादीले जितेको सिरहाको एकल पालिका हो सखुवानन्कारकटि गापा । गापा अध्यक्ष केदारनाथ यादव दोस्रो कार्यकालको लागि चुनिनु भएको हो । पहिलो कार्यकालमा पूर्ण बहुमतको साथ गापा चलाउनु भएको यादवलाई दोस्रो कार्यकालमा बहुमत नहुँदा सोचे अनुसारको काम अघि बढ्न नसकेको उहाँले पीडा पोख्दै आइरहनु भएको छ । यस आर्थिक वर्षको लागि ल्याएको ३९ करोडको बजेटलाई कार्यान्वयन गर्न सहमति सहकार्य र एकताको माध्यमबाट अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । ६ वर्षको कार्यकालमा गरेको कामबाट आत्म सन्तुष्टि रहेको दाबी गर्नुभयो ।