जीवछ उदासी
लहान,असार १९ गते ।
सखुवानन्कारकटि गाउँपालिका -३ परिहारपुर चोकमा रहेको प्रमेवर वचत तथा रोन सहकारीमा मङ्गलवार राती चोरी भएको छ ।
सहकारीका प्रवन्धक सन्तोष कुमार यादवका अनुसार कम्प्युटर र नगद सहित तीन लाख पचहतर हजार चोरी भएको हो । सहकारीको सटर ढिका तोड्दा र चोरी गर्दा एक घण्टाभन्दा बढी समय लागेको हुनुपर्छ। यत्रो समय लगाएर चोरी गर्दा नजिकै रहेको २ किलोमिटर दक्षिणमा रहेको इलाका प्रहरी कार्यालय महेश्वारीको गस्ती आएको भए चोर समातिने थियो । एक महिना अघि एक लाख ह्याक गरेर रकम निकालेको थियो । ह्याकर समात्न इलाका प्रहरी कार्यालय लहानमा दिएको निवेदन उपर कुनै सुनवाइ भएको छैन् ।
परिहार चोक जस्तो सुगम ठाउँमा सटरको ताला तोरेर चोरी गर्दा वरिपरिका गाउँमा भयभित भएको स्थानीय पुर्व महदेवा पोर्ताहा गाविस अध्यक्ष देवनाथ यादवले भन्दै प्रहरी गस्ती बढाउनुपर्ने माग गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A