लायन्स क्लवद्वारा विद्यालयमा वृक्षारोपन

  • असार २७, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असार २७ गते । 

लायन्स क्लव अफ फूलवारीले सामुदायिक विद्यालयको खुल्ला ठाउँमा वृक्षारोपन कार्यलाई अघि बढाएको छ । पर्यावरण दिवसको अवसरमा सुुरु गरिएको वृक्षारोपन कार्यलाई सताव्यापी रुपमा अघि बढाएको हो । 

क्लवका अध्यक्ष शङकर प्रसाद गुप्ताको अनुसार वातावरणको दिवसको अवसरमा सुरु गरिएको वृक्षारोपन कार्यक्रम अन्तर्गत बुधवार लहान-१७ स्थित श्री जनता आघारभूत विद्यालय बलानसेर -१७ मा अम्बा आँप गुलमोहर लगायत वातावरणमैत्री विरुवा रोपिएको हो । 

विद्यालयमा क्लबबाट विरुवा रोपेर ठूलो गुण लगाएको त्यस विद्यालयका प्रधानाध्यापक मदन मण्डलले बताउनुभयो । 

अति विपन्न गरीव दलित वस्तीमा रहेको यस विद्यालयको भौतिक निर्माण लगायत अन्य क्षेत्रमा क्लबबाट यस्तै सहयोग प्राप्त भइरहोस् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्देश्वर सदायले धारणा व्यक्त गर्नुभयो । 

रोपिएको विरुवाहरुको संरक्षण गर्न सरोकारवालाहरुसँग अध्यक्ष गुप्ताले आग्रह गर्दै यस विद्यालयको भौतिक र वातावरणीय क्षेत्रमा सहयोग गरिरहने विश्वास दिलाउनुभयो । क्लव स्थापनाकालदेखि शिक्षा स्वास्थ्य वातावरण र दैविक प्रकोपमा सहयोग गर्दै आइरहेको उहाँले प्रष्टयाउनुभयो । 

 

 

 

काठमाडौंको तीनकुने क ...

काठमाडौं, चैत १५ । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु ...

सरकारले भ्रष्टाचारी ...

काठमाडौं, शुक्रबार । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष ...

राजावादीको आन्दोलनमा ...

काठमाडौँ, शुक्रबार । व्यवस्थाको विरोध गर्दै राजावादीहरू ...

पत्रकारिताले बेथिति ...

फिरोज सिद्दिकी लहान, सिरहा । मधेश प्रदेश सरकारका गृह, ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A