जीवछ उदासी
लहान,असार ३ गते ।
लहान नगरपालिकाको शहरी क्षेत्र वडा नम्वर -७ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयका शिक्षकहरु बैशाखदेखि असारसम्म तीन महिनाको तलब खान नपाउँदा चिन्तित भएका छन् ।
तीन महिनाको निकासा लहान नगरपालिका शिक्षा शाखाले निकासा गरेपछि पशुपति आदर्श माध्यमिक विद्यालय बाहेक सबै सामुदायिक विद्यालयका शिक्षकहरुले पाइसकेका छन् ।
विद्यालय व्यवस्थापन समितिको विवाद चर्किदै गएपछि अदालतसम्म न्यायको लागि मुदा मामिलाको लागि न्यायको लागि अदालतसम्म पुगेको हो ।
अदालती झमेलाको कारण तलव खान नपाएको त्यस विद्यालयका शिक्षक तथ लहान नगरपालिका शिक्षक संघका सचिव दिलिप कुमार चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,' पशुपति आदर्श माविको शिक्षकहरुले तलब खान नपाउँदा शिक्षकहरुलाई ठूलै समस्या भएको छ । यस समस्यालाई चाँडै समाधान गर्न लहान नगरपालिका शिक्षा शाखासँग आग्रह गर्दछु ।
त्यस विद्यालयका गणित विषयका माविका शिक्षक राम कुमार साह भन्नुहुन्छ' तलव नपाउँदा ठूलै समस्या भएको छ । विद्यालयको प्रधानाध्यापक विद्यालय व्यवस्थापन समिति र लहान नगरपालिका शिक्षा शाखा बीचमा देखिएको द्वन्द्वको मारमा विद्यालयका ३५ जना शिक्षक कर्मचारी मारमा पर्नु कुनैहिसावले उचित भएन ।'
विद्यालय र पालिकाबीच उत्पन्न विवादको मारमा शिक्षक पर्न नहुने अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन लहानका नगर सचिव बिल्टु पासवानले शिक्षकको तलब शिक्षकको व्यक्तिगत खातामा पठाइ दिँदा यस्ता झमेलामा शिक्षकहरु नपर्ने भन्दै शिक्षकहरुको तलव निकासाको लागि माग गर्नुभयो ।
पशुपति आदर्श माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र चौधरीको कार्यकाल बाँकी नै रहेकोले लहान नगर शिक्षा शाखाले शम्भु चौधरीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तोकेर पठाएपछि विवाद चर्किदा बैंक खाता रोका भएकोले शिक्षकहरुले तलब खान नपाएको त्यस विद्यालयका शिक्षकहरुले चिन्ता ब्यक्त गर्नुभयो । आज उच्च अदालत जनकपुरको राजबिराज इजलासमा पेशी तोकिएपनि सम्बन्धित मुद्दा हेर्ने न्यायधिस नबस्दा छिनोफानो हुन नसकेको हो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A