फिरोज सिद्दिकी
११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान, पहिचान र सम्मानका लागि शौण्डिक चौरासी समाजको चौथो महाधिवेशन-२०८१ सुरु भएको छ । श्ुक्रबार सिरहाको लहान स्थित मारवाडी सेवा समितिको सभाहलमा समाजको केन्द्रिय महाधिवेशन सुरु भएको हो ।
समाजको चौथो महाधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले महाधिवेशनको उद्घाटन गर्दै स्वजातिय विकासको लागि एकताबद्ध हुनु पर्ने बताउनु भयो ।
उहाँले समाजको लागि सबै मिलेर अघि बढेमा आर्थिक, समाजिक, राजनीतिक र संस्कृति क्षेत्रको उजागर गर्नका लागि महत्वपूणर् भुमिका खेल्ने बताउनु भयो ।
नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले महाधिवेशन सफलताको शुभकामना दिदै नेपालको राजनीतिमा आफ्नो पहुँच बढाउनका लागि एकअर्कालाई सहयोग गरेर अघि बढ्न सुझाव दिनु भयो ।
दुई दिनसम्म चल्ने महाधिवेशको उद्घाटनसत्रमा सिरहा क्षेत्र नम्बर १ का संघिय सांसद रामशंकर यादव, मधेश प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी, लिटिलस्टार सेकेन्ड्री स्कुलका संस्थापक प्रिन्सिपल जेपी साहलगायतकाले महाधिवेशन सफलतापूर्वक सम्पन्नका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शौण्डिक चौरासी समाजका अध्यक्ष तथा लहान नगरपालिकाका पूर्व मेयर मुनि साह सुडीको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A