जीवछ उदासी
लहान,साउन १३ गते ।
शौण्डिक चौरासी समाजको सम्पन्न चौथो महाधिवेशनबाट लहान नगरपालिकाको पूर्व नगरप्रमुख मुनि साह पुन: अध्यक्ष पदमा चयन हुनु भएको छ ।
१७ सदस्यीय केन्द्रिय समितिको उपाध्यक्षमा क्रमश: मनमोहन साह,राम जतन साह,किशोर कुमार साह,जय प्रकाश चौधरी सुरेश चन्द्र सुमन महासचिवमा सन्तोष साह,सचिवमा भरत कुमार साह, कोषाध्यक्षमा रामएकवाल साह,सह कोषाध्यक्षमा नागेश्वर चौधरी सदस्यहरुमा क्रमश: राम चन्द्र साह,कमल प्रसाद साह,पशुपति साह,महेन्द्र साह,रामएकवाल साह,राम विलास शरण र ओम प्रकाश साह रहेका छन् ।
साउन ११ र १२ गते लहानको मारवाडी सेवा सदनको सभा हलमा सम्पन्न चौथो महाधिवेशनको उद्घाटन नेकपा एमालेको सचिव पुर्व उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले उद्घाटन गर्नु भएको थियो ।
महाधिवेशन हलमा महिला सहभागिता न्यून रहेको थियो भने कार्यसमितिमा समेत महिला समेटिएको छैन् ।
लगातार चौथो कार्यकालको लागि अध्यक्ष चयन हुनु भएको मुनि साहले शौण्डिक समाजले वैश्य समाजलाई अन्तर्गत तेली रौनियार कलवार हलुवाइ सबैलाई समेटिने प्रतिक्रिया दिनु भएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A