भ्रामक, असत्य र तथ्यहिन समाचारप्रति नगरपालिकाको असन्तुष्टि राजस्व जस्ता संवेदनशील विषयमा नगरपालिका गम्भीर भएर काम गरिरहेको प्रवक्ता लामाको भनाई

  • भदौ ९, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । दावनल डटकम अनलाइन खबरका कार्यकारी सम्पादक अर्जुन थपलियाले प्रकाशित गरेको ‘राजस्व उठाउँदै खल्तीमा हाल्दै’ भन्ने समाचारको गोलबजार नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले यो समाचारलाई पूणर्तया भ्रामक, असत्य र तथ्यहिन रहेको बताएको छ । गोलबजार नगरपालिकाले आइतवार पत्रकार सम्मेलन गर्दै सो कुरा जनाएको हो ।

नगरपालिकाले ६ महिनाअघि विज्ञप्ति जारी गरी सबै भ्रम हटाउने प्रयास गरेको तर त्यसका बाबजुद पनि नगरपालिकाको छवि धमिलो पार्ने र कर्मचारीको मनोबल गिराउन यस्ता समाचार फैलिएको नगरपालिकाका प्रवक्ता संजित लामाले पत्रकार सम्मेलनमा बताए । प्रवक्ता लामाले भने, “हामी मिडिया जगतको सम्मान गर्छौं र अभिव्यक्ति स्वतन्त्रताको कदर गर्छौं, तर कसैको व्यक्तिगत चरित्रमा आँच पुर्‍याउने उद्देश्यले लेखिएको समाचार कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।“

गुद्री बजार, बाख्रा बजार र पशु हाट बजारका लागि नगरपालिकाले औपचारिक रुपमा टेण्डर आह्वान गरेको र किस्तामा भुक्तानीका लागि मानकी निर्माण सेवाका सञ्चालक मोहन यादवसँग सम्झौता गरेको प्रवक्ता लामाले जानकारी दिए । नगरपालिकाले राजस्वको विषयलाई गम्भीरतापूर्वक लिएको र भुक्तानी प्रक्रिया पूणर्रुपमा पारदर्शी र नियमबमोजिम भएको जनाएको छ ।

नगर प्रवक्ता लामाले यस्ता भ्रामक र तथ्यहीन समाचारमा ध्यान नदिन र सहि जानकारी लिन सर्वसाधारणमा अपिल गरेको छ । उनले राजस्व जस्ता संवेदनशील विषयमा नगरपालिकाले गम्भीर भएर काम गरिरहेको बताउदै गोलबजार नगरपालिकाले आफ्नो जिम्मेवारी पूणर् इमान्दारी र पारदर्शिताका साथ निर्वाह गरिरहेको र कुनै पनि किसिमको अफवाहको कडा विरोध गर्ने स्पष्ट पारेको छ ।

gol

चार महिनाअघि यौन दुर ...

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवा ...

जसपा लहान नगर अध्यक् ...

  जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता ...

रास्वपा सांसद सुमना ...

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद ...

गणतन्त्रको सवलताको ल ...

  जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A