स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहद्वारा प्रादेशिक अस्पताल लहानमा छड्के अनुगमन

  • भदौ १०, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानमा सोमबार छड्के अनुगमन गरेका छन् ।

मधेश प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालहरुमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासो बढिरहेको बेला स्वासथ्यमन्त्री सिंहले अस्पतालहरुको अनुगमनमा तिब्रता दिएका हुन् ।

्स्वास्थ्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशालालगायतका स्थानहरुमा निरीक्षण गर्दै उनले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरेका थिए ।

निरीक्षणकाक्रममा स्वास्थ्यमन्त्री सिंहले अस्पतालका सेवा व्यवस्थित तथा प्रभावकारी बनाउन अधिकारीहरूलाई निर्देशन दिदै बिरामीको उपचारमा कुनै किसिमको लापारबाही नगर्नसमेत निर्देशन दिए । उनले अस्पतालको सरसफाइमा समेत चासो राखेका थिए ।

निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै स्वास्थ्मन्त्री सिंहले प्रादेशिक अस्पतालहरुको जनगुनासो बढि रहेको बेला मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशन अनुसार छड्के अनुगमन सुरु गरिएको बताए । प्रादेशिक अस्पताल नामको लागि मात्र नभई काम पनि राम्रो हुनु पर्ने बताउदै मुलुकमा संघियता आइसकेको बेला जनताहरु कुनै पनि स्वासथ्य सुविधाबाट बञ्चित हुनु नपर्ने बताए ।

उनले प्रादेशिक अस्पताल लहानमा गुणस्तरीय स्वास्थ्य सेवामा बिरामीको पहुँच बढाउन सेवा विस्तार गरिने जानकारी दिदै अगामी दिनमा थप भवनलगायत उपकरणहरु प्रदेश सरकारले उपलब्ध गराउने जनाए ।

चार महिनाअघि यौन दुर ...

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवा ...

जसपा लहान नगर अध्यक् ...

  जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता ...

रास्वपा सांसद सुमना ...

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद ...

गणतन्त्रको सवलताको ल ...

  जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A