मधेश प्रदेशका मुख्यमन्त्री सिंहले गरे लहान अस्पतालको आकस्मिक निरीक्षण, स्वास्थ्य सेवा सुधार गर्न निर्देशन

  • भदौ १५, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शुक्रबार राति लहानस्थित रकुमार शारदा उमाप्रसाद मुरार प्रादेशिक अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको अभावका कारण उपचारमा कठिनाइ भएको स्थानीयको गुनासो बढेपछि उक्त निरीक्षण भएको हो ।

मुख्यमन्त्री सिंहले राति ९ बजे अस्पतालको आकस्मिक कक्ष, प्रसूति वार्ड र प्रयोगशालाको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले ड्युटी चार्ट अवलोकन गर्नुका साथै त्यहाँ तैनाथ चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति पनि जाँचे । सिंहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग पनि सोधपुछ गर्दै अस्पतालको सेवाका बारेमा जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा मुख्यमन्त्रीले अस्पतालको सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अधिकारीहरुलाई निर्देशन दिए । उनले बिरामीले स्वच्छ र सुरक्षित वातावरणमा उपचार पाउनका लागि सरसफाइको राम्रो ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

22

निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले भने, “विरामीको गुनासो र स्वास्थ्यकर्मीको अभावका कारण मैले आफैंले अस्पतालको निरीक्षण गरेको छु, चिकित्सक र नर्सले नियमित रूपमा ड्युटीमा उपस्थित भई आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।“

उनले लहान प्रादेशिक अस्पतालमा बिरामीले राम्रो र गुणस्तरीय सेवा पाउनका लागि स्वास्थ्य सेवालाई थप विस्तार गरिने बताए । मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पतालमा चिकित्सकलाई अन कलको सट्टा फुलटाइम ड्युटीमा राख्ने व्यवस्था मिलाइने बताउँदै बिरामीले समयमै उपचार पाउन सक्ने बताए ।

अस्पतालका मे.सु.सुनिल कुश्वाहाको काम कर्तव्यका बारेमा जनगुनासो बढिरहेको छ भन्ने पत्रकारहरुको प्रश्नमा मुख्यमन्त्री सिंहले मे.सु.कुशवाहालाई आइतवार स्पस्टीकरण सोधिने र कारवाही प्रक्रिया अगाडी बढाइने जानकारी दिए ।

मुख्यमन्त्रीको यो भ्रमणबाट प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवाको अवस्था सुधार भई बिरामीलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको स्थानीयहरुको भनाई रहेको छ ।

44 55 66

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A