लहानका मेयर चौधरी दुर्गा मन्दिरको अध्यक्ष नियुक्तिप्रति स्थानीय नगरवासीको विरोध, आमरण अनशन सुरु

  • भदौ १६, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले लहान स्थित दुर्गा मन्दिरको अध्यक्ष पद सम्हालेपछि स्थानीय नगरवासीहरु र समाजसेवीहरुले तीव्र विरोध जनाएका छन्। नगर प्रमुखले नियम विपरित आफैंलाई मन्दिरको अध्यक्ष बनाएको र यस कदमले मन्दिरको आम्दानीमा भ्रष्ट्राचार हुनसक्ने आशंका व्यक्त गरिएको छ।

स्थानीय समाजसेवी ध्रुव साहले मेयर चौधरीको यो कदमप्रति गम्भीर आपत्ति जनाउँदै आमरण अनशन सुरु गरेका छन्। उनले विगतमा भएको मन्दिरको आम्दानीको हिसाब किताब सार्वजनिक गरिनुपर्ने र मेयरको अध्यक्षता खारेज गर्नुपर्ने माग गर्दै आमरण अनशन सुरु गरेका हुन्।

दुर्गा मन्दिरको नाममा हाल एक किलो सुन र ६० लाख रुपैयाँ नगद रहेको बताइएको छ, जसले गर्दा मन्दिरको आम्दानीमाथि नज़र गडाएको आरोप मेयर चौधरीमाथि लाग्दै आएको छ।

लहान ९ का पूर्व वडाध्यक्ष प्रदीप कुमार चौधरीका अनुसार, मेयर चौधरी दुर्गा मन्दिरको आम्दानीबाट ५०% कमिसन प्राप्त गर्न चाहन्छन्, त्यसैले नगरपालिकाबाट समिति गठनको प्रयास गरिएको हो। उनले भने, “हामीलाई जानकारी अनुसार गठन गरिएका सबै समितिहरु संचालन गर्न नसकिएर बन्द गरिएको छ, तर दुर्गा मन्दिरमा बर्सेनि आउने लाखौं भेटीमा अँखा लगाएको छ। यो निर्लज्जताको पराकाष्ठा हो। जनस्तरबाट यसको बिरोध र निन्दा हुनु पर्छ। यी कमिसन खोरहरुलाई भत्सर्ना गर्नु पर्दछ।“

लहान ७ का अध्यक्ष रामअवतार शर्माका अनुसार, समिति गठनमा विवाद उत्पन्न भएपछि मेयर चौधरीले नगरप्रमुखको हैसियतले आफैंलाई अध्यक्ष नियुक्त गरेका हुन्।

यो विवादलाई लिएर नगरवासीहरु बीच तीव्र असन्तोष छाएको छ र यसले नगरपालिकामा राजनीतिक र धार्मिक विवाद थप गहिरिएको छ। अब विवाद बढ्दै गएपछि स्थानीय प्रशासन र नगरपालिकाले कसरी समस्या समाधान गर्छ र मन्दिरको आम्दानीको संरक्षण हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।

मधेस प्रदेशलाई सुख्ख ...

समृद्धिपथ दैनिक सिरहा, असार २८ । मधेस प्रदेश सरकारले म ...

आदिकवि भानुभक्त आचार ...

— समृद्धिपथ दैनिक, लहान लहान, असार ३० । आदिकवि भ ...

मानव अधिकार एलायन्स ...

फिरोज सिद्दिकी  लहान, असार ३० गते। राष्ट्रिय मानव ...

लागुऔषधसहित दुई जना ...

लहान, असर २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A