जीवछ उदासी
लहान नगरपालिका –२२ जहदी स्थायी घर भएका रामवृक्ष साह डेढवर्षदेखि भाइरलबाबाको रुपमा चिनिन थालेपछि लहान–१ मा को घरमा टाढा टाढाबाटबाट विरामीहरु आउन थालेका छन् ।
सात वर्ष सिरहा नगरपालिकाको सारश्वर तीन वर्ष चोहर्वा एक वर्ष सखुवानन्कारकटि गाउँपालिकामा जडीबुटीको औषधी बनाएर बाबाशीर (पाइल्स), ग्याष्ट्रिक, निसन्तानहरुलाई सन्तान हुनेहरुलाई उपचार गर्ने रावृक्ष साहको उपचार गर्ने भिडियो एकजनाले सामाजिक सञ्जालमा राखिएपछि त्यो भिडियो भाइरल भयो । भिडियाृ भाइरल भएपछि रामवृक्ष साहको नाम भाइरलबाबा रहन गयो । स्थानीय लहानभन्दा पश्चिममा बारा पर्सा पूर्वमा झापासम्मको विरामीहरु,भारत विहारका मधुवनी, अररिया, दरभङगा सम्मका घरायसी र परिवा्िरक समस्या भएकाहरुको भीड भाइरलबाबाको निज निवास लहान –१ कृष्णटोलमा बढ्न थाल्यो । अहिले दिनको दुई सयको हाराहारीमा विहानदेखि वेलुकासम्म भाइरलबाबा व्यवस्त रहनुुहुन्छ ।
‘अहिले मेरो पहिचान बदलिएको छ । रामवृक्ष साह भनेर स्थानीयहरुले चिनेपनि बाहिर भाइरल बाबा नै डेढवर्षदेखि चिन्न थालेको छ । लहान–२२ नम्बरको नेपाली काँग्रेसको बुथ सभापतिको जिम्मेबारीभन्दा भाइरलबाबाको नामले पहिचान बनेपछि राजनीति रुचिपनि हराउन थालेको छ’भाइरल बाबा रामवृक्ष साहले बताउनुभयो ।
सिरहा सखुवानन्का्कटि–५ महेश्वारीकी ५० वर्षिय रामवती यादव भन्नुहुन्छ,‘भाइरल बाबाको जय गोविन्दबाबा कन्हैयाजीलाई घरबाटै भाकल ग्ेपछि आफ्नो ढाड दुख्नेरोग निको भएको र छोरालाई कतारमा अति कठन काम दिइएको थियो । भाकल गरेपछि काम सजिलो भएको छ । मनोकामना पुरा भएपछि प्रसाद चढाउन आएकी छु ।’
भारत विहार मधुवनी महदेवाकी ४५ वर्षिय सुनिता माली टाउको दुख्ने समस्याले हैरान थिए । १५ दिन पहिले आएर भाकल गरेर गए । निको भएपछि प्रसाद चढाउन आएकी भन्नुभयो । सुनसरी जिल्लाका तेतरी माली सन्तानको लागि भइरल बाबाको मन्दिरमा भाकल गर्न आएकी सुनाउनुभयो । कर्मचारी राजनीतिक दलका नेतादेखि ठूलो ओहदादेखि सर्वसधारण सम्मको भीड विहानदेखि वेलुकासम्म भाइरल बाबाको घरमा देखिएको छ । भाइरल बाबाललाई तपाई तन्त्रमन्त्रको आधारमा निको गर्नुहुन्छ भने जिज्ञासा राख्दा उहाँ भन्नुभया,‘न तन्त्र न मन्त्र जय गोविन्द कन्हैया भगवान ममाथि सहाय छ , मैले हातले छोइसदएपछि निको हुन थालेको छ ।रोग परिवारिक कलह निको भएपछि निको भएकाहशरुले समेत आफू निको भएको भएकाहरुले भिडियो बनाएर समाजिक सञ्जलमा यु टयुब राखिदिने गर्दछ । यहि प्रचार प्रसारले विरामीहरु आउने चाप बढेको बढै छ ।’
लहान स्थित प्रादेशिक अस्पताल लहानमा पनि दिनको दुई सय विरामी आउने नगरेको अवस्थामा भाइरलबाबाको घरमा रहेको मन्दिरमा दिनहुँ दुई सय विरामीहरु भाकल गर्न र आयुवेर्दिक औधधि लिन आइरहेको छ ।
लहान–७ का वडाध्यक्ष श्याम साह भन्नुहुन्छ,‘सुरुमा मलाई पनि विश्वास थिएन । म आफैं यहाँ आएर भाकल गरेपछि मनोकामना पुरा भयो । असाध्यै अगाध र आस्था बढेको छ । भाइरलबाबाको चमत्कार देखेर यहाँ आएका विरामी र परिवारिक कलहबाट पीडित भएकाहरुले निको भएको कुरा सुनाएको भिडियो हेरेर न पहिलोपटक आएका थिए । व्यहारमा सहि सत्य सबित भएको छ ।’
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A