लहान सिटी जेसीजद्वारा संविधान दिवस २०८१ मनाइयो, थारु समुदायको विरोध

  • असोज ३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान सिटी जेसीजले आज लहानको शहीद चौकमा संविधान दिवस २०८१ विशेष कार्यक्रमसहित मनाएको छ। कार्यक्रमको प्रमुख अतिथी लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी थिए। समारोहको क्रममा संविधान दिवसको सम्मानमा मैनबत्ती प्रज्वलन गरियो।

कार्यक्रमको क्रममा प्रमुख अतिथिद्वारा मैनबत्ती प्रज्वलन गरी संविधान दिवसको महत्वलाई उजागर गरियो। चौधरीले संविधानलाई देशको समृद्धि र विकासको मार्गनिर्देशक दस्तावेज भएको भन्दै यसको रक्षा र परिमार्जनको आवश्यकता औंल्याए।

प्रमुख अतिथी चौधरीले संविधानलाई एक “चलायमान दस्तावेज“ को रुपमा परिभाषित गर्दै, आवश्यक परेको खण्डमा संविधानमा संशोधन हुँदै जाने कुरा बताए। उनले संविधानलाई समयानुकूल परिमार्जन गर्न सकिने लचिलो प्रणालीका रूपमा प्रस्तुत गर्दै, यसले देशको विकास र समृद्धिलाई सघाउने धारणा राखे।

तर, संविधान दिवसको अवसरमा थारु कल्याणकारिणी सभाले आफ्नो असन्तुष्टि प्रकट गर्दै संविधानप्रति विरोध जनाएको छ। थारु समुदायले संविधानमा आफूहरूको अधिकार समेटिएको ठोस कदम नचालिएको भन्दै आजको दिनलाई “कालो दिन“ को रूपमा मनाएको छ। उनीहरूले संविधानले आफ्नो समुदायको मागलाई बेवास्ता गरेको भन्दै विरोधका कार्यक्रम गरेका थिए।

विरोधका क्रममा थारु कल्याणकारणी सभाका नेताहरुले संविधान प्रति असन्तुष्टि जनाउँदै संविधान पुनरावलोकनको माग गरेका छन्।

बलान नदी कटान क्षेत् ...

जीवछ उदासी  लहान,असोज १७ गते ।  मधेश प्रदेश ...

लायन्स क्लब अफ लहान ...

फिरोज सिद्दिकी लहान । लायन्स क्लब अफ लहान फुलबारीद्वार ...

लहानको माखनभोग होटलम ...

फिरोज सिद्दिकी लहान । लहानस्थित माखनभोग होटलका लिट्टी ...

नेकपा एमाले लहान नगर ...

फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाको मेयर महेश प्रसा ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A