लहानको माखनभोग होटलमा किरा भेटिएपछि अनुगमन, दूषित खाद्य पदार्थ नष्ट

  • असोज १५, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहानस्थित माखनभोग होटलका लिट्टी र समोसामा किरा भेटिएपछि होटलको स्वास्थ्य र स्वच्छता स्थितिको अनुगमन गरिएको छ।

लहान नगरपालिकाका उपमेयर रामचलितर महतोको नेतृत्वमा भएको अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, राष्ट्रिय उपभोक्ता मञ्च र सञ्चारकर्मीहरू सहभागी थिए।

अनुगमनका क्रममा होटलको भान्सामा समोसा र लिट्टी पकाइरहेको अवस्थामा किरासहितका खाद्य पदार्थ फेला परेको हो।

दूषित समोसा र लिट्टी तत्कालै नष्ट गरिएको छ भने होटलको स्वच्छता मापदण्डहरू पालन नगरेको पाइएपछि थप कारवाहीका लागि आवश्यक प्रक्रिया थालिएको छ।

खाद्य सुरक्षाको उल्लङ्घनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने हुँदा, सरोकारवाला निकायहरूले समयमै कारबाहीको लागि अनुगमनलाई निरन्तरता दिने बताएका छन्।

गत वर्षपनि अनुगमणको क्रममा माखनभोगमा सरसफाईको कमि र खाना लगायतका खाद्ययपदार्थमा किरा भेटिएका थिए । मिलोमतोमा घटनालाई छामछुम पारिएको थियो ।

461747014_8204413009656455_6250666603088991823_n 461777078_8204413736323049_5280512316898640536_n

चार महिनाअघि यौन दुर ...

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवा ...

जसपा लहान नगर अध्यक् ...

  जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता ...

रास्वपा सांसद सुमना ...

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद ...

गणतन्त्रको सवलताको ल ...

  जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A