लायन्स क्लब अफ लहान फुलबारीद्वारा साउण्ड सिस्टम वितरण कार्यक्रम सम्पन्न

  • असोज १६, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लायन्स क्लब अफ लहान फुलबारीद्वारा आयोजित “साउण्ड सिस्टम वितरण कार्यक्रम“ लहान-१० स्थित श्री जनता मावि, वैरिया गुदिगाउँमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पुष्पा-हरिकिशन सारडा, लहान-७ को सौजन्यमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन शंकर प्रसाद गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा क्लबका चार्टर प्रेसिडेन्ट लायन राकेश झा रहनुभएको थियो।

कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष लायन श्यामसुन्दर साह, तृतीय उपाध्यक्ष लायन मनिष सारडा, महासचिव दिपेन्द्र साह, कोषाध्यक्ष शिवदयाल महतो लगायत डा. रितेश गिरी, डा. बिनय कुमार यादव, डा. मिथिलेश सिंह, बिजय कुमार यादव, उपेन्द्र कुमार यादव, सुभाष चन्द्र चौधरी, प्रदीप कुमार यादवको विशेष उपस्थिति रहेको आयोजकले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक रंगलाल साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार बिसुन्केले विद्यालयको तर्फबाट अतिथिहरुलाई स्वागत गर्नुभएको थियो। यसैगरी दलित जनकल्याण युवा क्लबका निर्देशक बिनोद कुमार बिसुन्के, पत्रकार महेश सिंह, गायत्री चेतना केन्द्रका अनिल पूर्वे, विद्यालय युवा क्लबका अध्यक्ष, शिक्षक, विद्यार्थी र स्थानीय महानुभावहरूको पनि कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक जिवक्ष यादवले गर्नुभएको थियो। लायन्स क्लब अफ लहान फुलबारीले सामाजिक सेवामा यस्ता थुप्रै महत्त्वपूर्ण कार्यहरू गर्दै आएको र यस कार्यक्रमले विद्यालयको शैक्षिक गतिविधिमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।

461670587_8308377612591104_2642527722116374278_n 461768812_8308382115923987_1713746330742141880_n 461857891_8308380795924119_4750411787472226397_n 461852873_122207253752026757_584073434291941788_n 461781168_122207253716026757_8302526459118207096_n

 

चार महिनाअघि यौन दुर ...

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवा ...

जसपा लहान नगर अध्यक् ...

  जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता ...

रास्वपा सांसद सुमना ...

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद ...

गणतन्त्रको सवलताको ल ...

  जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A