बलान नदी कटान क्षेत्रमा गृहमन्त्री लेखीद्वारा स्थलगत निरिक्षण

  • असोज १७, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,असोज १७ गते । 

मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखी लहानको बलान नदी कटान क्षेत्रमा पुगेर स्थलगत निरिक्षण गर्नु भएको छ । 

लहान-४ सुन्दरपुर र इस्लामपुर र लहान-२३ तिलेबोना पुगेर कटानबाट पीडित भएकाहरुलाई उपलब्ध स्रोत साधनबाट सक्दो सहयोगस्वरुप राहत दिइने मन्त्री लेखीले विश्वास दिलाउनुभयो । 

 लहान-४ सुन्दरपुर र इस्लामपुरमा केहि वर्ष अघि बसेको दलित विपन्नहरुको बस्तीमा गत वर्षदेखि तटबन्ध कटान गरेर वस्तीमा बाढी प्रवेश गरिरहेको जोखिमताले उठिवासको अवस्था आएको छ । लहान-२३ मा बलान नदीलेगरिरहेको कटानले यस वर्ष आँपको वगैंचा सहित उर्वरभूमि पाँच विगहा कटान गरिसकेको छ । 

गत विगत वर्षहरुमा एक करोडमा तटबन्ध गर्दा समस्या समाधान हुनेथियो । अब करोडौ खर्चिएर तटबन्ध गर्न नसकिने जपखिमता बढेको स्थानीहरुले मन्त्री लेखीलाई सुनाउनुभयो । लहान -२३ का अशेश्वर यादवले भन्नुभयो,'लहसन -२३ का ५२ विगहा उर्वरभूमि काटि सक्यो । सखुवानन्कारकटि र भगवानपुर गाउँपालिका गरी एक हजार विगहा कटान गरि सकेको छ । स्थलगत निरिक्षण प्रत्येक वर्ष भएपनि दीर्घकसलिन रुपमा समस्या समाधान हुन सकेको छैन । गत वर्ष लहान नगरपालिकाले ५० लाख र प्रदेश सरकारले ९० लाख गरी एक करोड ४० लाखको लागतमा तटबन्ध गरिएको उतरी भागमा सुरक्षित रहयो । ५० लाख अझै खर्च गरेर तटबन्ध गरि दिएको भए यो समस्या नै आउने थिएन । यस वर्षको कटानले त करोडौ रकम लाग्ने छ ।' 

मन्त्री लेखीले स्थानीयहरुको समस्या सुनेर सङघीय र दातृ निकायहरुको सहयोगबाट बाढीग्रस्त क्षेत्रको समस्या समाधान गर्ने वताउनुभयो । उहाँले थप्नुभयो,'बाढीग्रस्त क्षेत्रमा राहत दिन प्रदेश सरकारले आठ करोड छुटयाएको छ ।' 

प्रहरी निरीक्षकद्वार ...

सिराहा, वैशाख २९ गते । प्रहरी निरीक्षक राज यादवद्वारा प ...

श्रद्धालु भक्तजनलाई ...

फिरोज सिद्दिकी लहान, वैशाख २९ गते । लहान नगरपालिका&nda ...

बजार अनुगमनका क्रममा ...

लहान । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वी ...

नेपाल मुस्लिम इत्तेह ...

फिरोज सिद्दिकी  नेपालगन्ज, वैशाख १९ गते । नेपाल म ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A