लहान नगरपालिकामा सिंचाई समस्याबारे छलफल, सर्वपक्षीय संयन्त्र गठन

  • कार्तिक १०, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरपालिकामा सिंचाई समस्या र अन्य जनसरोकारका विषयमा आवश्यक निणर्य गर्न नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिहरूबीच एक संयुक्त बैठक सम्पन्न भएको छ।

नगरप्रमुख महेशप्रसाद चौधरीको अध्यक्षतामा बसेको यस बैठकमा सिंचाई सुविधा, किसान अधिकार तथा अन्य स्थानीय मुद्दामा छलफल भएको हो।

बैठकमा नगरप्रमुख महेशप्रसाद चौधरी, मधेस प्रदेश सांसद राजेन्द्रप्रसाद चौधरी, नेकपा एमालेका नगर इन्चार्ज राजेन्द्र प्रसाद शाह, नेकपा एमाले लहानका नगर अध्यक्ष राजकुमार साह, नेपाली कांग्रेसका उपसभापति सुनिल महतो, लहान १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अरुण केसी, जिल्ला सदस्य देवनाथ यादव, तथा नवीन गुप्ता लगायत अन्य स्थानीय नेता एवं प्रतिनिधिहरूको उपस्थिति थियो।

photo_2024-10-26_13-02-42 (4)

प्रमुख निणर्यका रूपमा खुट्टी खोलाबाट निर्मित हेडबक्समार्फत लहान क्षेत्रका कृषियोग्य जमिनहरूमा सिंचाई पुर्याउनका लागि लहान नगरपालिका क्षेत्रभित्र सञ्चालित नहरमा हाल जडान गरिएको पाइपलाई स्थगित गरी, विज्ञ प्रतिवेदनको आधारमा मात्र कार्यान्वयन गर्ने निणर्य गरिएको छ।

उक्त निणर्यलाई सहजीकरण गर्न सर्वपक्षीय संयन्त्र गठन गरिएको छ, जसको संयोजक लहान नगर प्रमुख रहेका छन्। यस संयन्त्रमा नेकपा एमाले, नेपाली कांग्रेस, अन्य राजनीतिक दलहरू, किसान महासंघ, संघर्ष समिति र कृषि मजदुरका प्रतिनिधिहरूलाई समावेश गरिएको छ।

बैठकमा अर्को निणर्यअनुसार सर्वपक्षीय संयन्त्रको बैठक आगामी कार्तिक १३ गते नगरप्रमुखको कार्यकक्षमा बस्नेछ।

त्यस्तै, बैठकमा नेकपा एमालेको ज्ञापनपत्रमा उल्लेखित अन्य विषयमा छलफल गर्न नगरप्रमुखको संयोजकत्वमा नेकपा एमाले र नेपाली कांग्रेसका तीन-तीन जना प्रतिनिधि सम्मिलित अर्को बैठक बस्ने निणर्य समेत गरिएको नेकपा एमाले लहान नगर कमिटि अध्यक्ष राजकुमार साहले जानकारी दिनुभयो।

यो बैठकले स्थानीय कृषक र नगरवासीबीच उत्पन्न समस्या समाधानमा सकारात्मक भूमिका खेल्ने विश्वास नगरप्रमुख चौधरीले व्यक्त गरेका छन्।

मधेस प्रदेशलाई सुख्ख ...

समृद्धिपथ दैनिक सिरहा, असार २८ । मधेस प्रदेश सरकारले म ...

आदिकवि भानुभक्त आचार ...

— समृद्धिपथ दैनिक, लहान लहान, असार ३० । आदिकवि भ ...

मानव अधिकार एलायन्स ...

फिरोज सिद्दिकी  लहान, असार ३० गते। राष्ट्रिय मानव ...

लागुऔषधसहित दुई जना ...

लहान, असर २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A