लहानमा किसानद्वारा खुट्टी खोला सिंचाई नहर संरक्षणका लागि विरोध र्‍याली

  • कार्तिक ११, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । किसानहरूले खुट्टी खोला सिंचाई नहरलाई ढलका रूपमा प्रयोग गर्ने लहान नगरपालिकाको कार्यको विरोध गर्दै आज लहानमा एक विशाल र्‍याली निकालेका छन्।

खुट्टीखोला नहर सिंचाई संघर्ष समितिको अगुवाइमा आयोजित र्‍यालीले “नहरलाई ढल बनाउन पाइदैन”, “किसान विरोधी मेयर चाहिदैन” र “किसानको माग पुरा गर” जस्ता नाराका साथ विरोध र्‍याली निकालेका हुन्।

र्‍यालीको सुरूवात लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट भएको थियो, जहाँ सयौं किसानहरूको उत्साहपूणर् सहभागिता देखिएको थियो।

photo_2024-10-27_16-58-45 (2)

नगरका विभिन्न भागको परिक्रमा गर्दै र्‍याली शहिद चौकमा पुगेपछि कोण सभामा परिणत भएको थियो। र्‍यालीमा सहभागी किसानहरूले नहरलाई सिंचाईका लागि मात्र प्रयोग गर्नुपर्ने र कृषि क्षेत्रमा नहरको आवश्यकतालाई ध्यानमा राख्नुपर्ने बताएका छन्।

खुट्टी खोला सिंचाई संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले किसानहरूको मागलाई बेवास्ता गर्दै नहरलाई ढलमा परिणत गर्न खोजिएकोमा गम्भीर असन्तोष व्यक्त गर्दै उनले यो निणर्य किसानको हितविपरीत रहेको र नगरपालिकाले आफ्नो योजनालाई फिर्ता लिनुपर्ने बताए।

अध्यक्ष चौधरीले किसानहरूका लागि सिँचाइ प्रमुख मुद्दा भएको भन्दै यसविरुद्ध अझ सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन्।

सहभागी किसानहरूले “जय जवान, जय किसान”को नारा लगाउँदै नहरलाई सिंचाईका लागि सुरक्षित राख्न नगरपालिकालाई दबाब दिएका छन्। उनीहरूले नहरलाई ढल निर्माणको लागि प्रयोग गर्दा किसानहरूको कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताउँदै, सिंचाई सुविधालाई संरक्षण गर्नका लागि निरन्तर संघर्ष जारी राख्ने चेतावनी समेत दिएका छन्।

photo_2024-10-27_16-58-43 photo_2024-10-27_16-58-44 photo_2024-10-27_16-58-46

लिटिल स्टार स्कुलका ...

फिरोज सिद्दिकी  लहान । लिटिल स्टार सेकेन्डरी स्कु ...

नेपाल प्रिमियर लिगमा ...

काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइ ...

नेकपा (एमाले) लाहानद ...

फिरोज सिद्दिकी लहान, सिरहा। नेकपा (एमाले) लहान नगर कमि ...

मधेशमा सरोजकुमार याद ...

सिरहा । मधेश प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता सर ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A