लहान नगरप्रमुखद्वारा खुट्टी नहर विवाद समाधान गर्न वार्ताको आह्वान

  • कार्तिक १२, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले खुट्टी नहर सिंचाई समस्याको दीर्घकालीन समाधानका लागि वार्ता र सहकार्यको माध्यम अपनाउन आग्रह गरेका छन्।

आज नगरप्रमुखकै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा हालसम्म सिंचाई सुविधाबाट वञ्चित रहेका किसानलाई पानीको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै यो विषयमा सबै पक्षसँग समन्वय गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन्।

नगरप्रमुख चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै खुट्टी नहरसँग सम्बन्धित विवादलाई वार्ता र सहमतिबाट समाधान गर्न आग्रह गर्दै उनले भने, “हामी विकल्पका माध्यमबाट समस्याको समाधान खोज्न इच्छुक छौं, त्यसैले आन्दोलनरत पक्षहरूलाई वार्तामा सहभागिता जनाउन आह्वान गर्छौं।”

नगरप्रमुख चौधरीले खुट्टी नहरको इतिहास र वर्तमान अवस्थाबारे जानकारी दिँदै भने,- खुट्टी नहर ६० वर्ष पहिले खनिएको हो र यस नहरबाट हालसम्म सिंचाई सुविधा प्राप्त भएको छैन। दुई वर्षअघि खुट्टी खोलामा हेडवर्क निर्माण भएको थियो, तर त्यसपछि अझै काम अघि बढेको छैन। हेडवर्क र ग्रामीण चौकदेखि पश्चिमको नहरमा केवल कल्भर्ट निर्माण भएको छ।

नगरप्रमुखले हेडवर्कको लेभलमा नहरलाई पुल्याउन अझै १५/२० फिट गहिरो बनाउनुपर्ने प्राविधिक जानकारी पनि प्रस्तुत गरे, जसले करोडौंको धनजनको क्षति हुने संभावना रहेको बताए।

उनले यस समस्याको समाधानका लागि विभिन्न पक्षसँग सल्लाह सुझाव लिँदै नयाँ योजनामा ध्यान दिइने जानकारी गराए। “हामीले किसानलाई पानी सहज रूपमा पुर्याउने उद्देश्यले बजार क्षेत्रमा अन्डर ग्राउण्ड पानी बगाउने योजना कार्यान्वयन गर्ने थालनी गरेका छौं,” उनले भने।

नगरप्रमुख चौधरीले विवादलाई वार्ता र सहकार्यमार्फत् समाधान गर्न आह्वान गर्दै विकासको सहयात्रामा सँगै मिलेर अघि बढ्न आन्दोलनरत पक्ष र स्थानीयवासीलाई अनुरोध गरेका छन्।

प्रहरी निरीक्षकद्वार ...

सिराहा, वैशाख २९ गते । प्रहरी निरीक्षक राज यादवद्वारा प ...

श्रद्धालु भक्तजनलाई ...

फिरोज सिद्दिकी लहान, वैशाख २९ गते । लहान नगरपालिका&nda ...

बजार अनुगमनका क्रममा ...

लहान । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वी ...

नेपाल मुस्लिम इत्तेह ...

फिरोज सिद्दिकी  नेपालगन्ज, वैशाख १९ गते । नेपाल म ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A