‘खुटी नहरको विवाद समाधान सहमतिबाटै खोजौ’

  • कार्तिक १४, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी

खुटी नहर सञ्चालन गरेर लहानको दसवटा वडाका ९३५ विगहा खेतमा पानी पुरयाउन माग सहित किसानहरुले लहानमा प्रदर्शन गरेपछि लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले आन्दोलित पक्षसँग सम्वादबाट समस्याको समाधान सहमतिबाटै खोज्न आग्रह गर्नु भएको छ ।

कातिक ११ गते खुटी नहर सञ्चालनको लागि गठित संघर्ष समितिले प्ले कार्डसहित लहानमा प्रदर्शन गरेपछि नगरपालिकाबाट आधिकारिक धारणा राख्न सोमबार लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले पत्रकामर सम्मेलन गरेर सम्बादबाट समस्यउाको समाधानको लागि आग्रह गर्नु भएको हो ।

लहान नगरप्रमुख महेश प्रसाद चौधरीले पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार प्राविधिकले दिइएको जानकारी अनुसार हेडवक्र्सको लेभेलमा नहरलाई पुरयाउन नहर अझै १५÷२० पिट गहिरो बनउनुपर्ने हुन्छ । जसबाट करोडौको धनजनको क्षति हुनेछ । ग्रमीण चोकको कल्भर्ट र नहरमाथि नै निर्माण भएको शिव मन्दिर भत्काउनुपर्ने हुन्छ । ग्रामीण चोकदेखि पश्चिबाट नहरको पानी बगाउँदा वडा –१०, ११,१२,र २२ को किसानको खेतमा पानी पुरउाउने योजना छ । लहान–१ ट्राफिक चोकदेखि भवरा दहको नहरलाई सञ्चालन गरेर वडा २,१९,२० र २१ का किसानको खेतमा सिाचाई गर्न नगरपालिकाले कार्य अघि बढाएको हो ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले नहरमा ह्युमपाइप राख्न नहुने किसान संघर्ष समितिले राखेको मागमा के भन्नुहुन्छ भन्ने ज्ञिासामा नगरप्रमुख चौधरीले भन्न्ुभयो,‘हेडवक्र्सको पानीको बहाव ९० सेन्टीमिटर रहेको छ भने नहरमा १२० सेन्टीमिटरको ह्युमपाई राखेर अहिले रहेको नहरको दुबै किनारामा नाला निर्माण गरेर सहरको सौन्दर्यकरण र किसानको खेतमा पानी समेत पुरयाउने योजनालाई केहि राजनीतिक दलको अगुवाइमा विकास निर्माणको कार्यमा अवरुद्ध गर्न खोजिरहेको छ ।’सहरी क्षेत्रमा रहेको अढाई किलोमिटरमा नहरमा रहेको फोहोरले सहरी क्षेत्र कुरुप भएकोले खुल्ला नहरमा हयुमपाइप राखेर सौन्दर्यकरण गर्न खोजिएको उहाँले प्रष्टयाउनुभयो ।

दुई वर्ष अघि नै लहान नगरुपालिका –१० खुटी खोलामा ६० वर्ष पुरानो नहर सञ्चालनमा ल्याउन नौ करोडको लागतमा लहान नगरपालिका र मधेश प्रदेशका अन्तर्गत सिंचाई कार्यालय सिरहाले हेडवक्र्स निर्माण गरेको थियो । हेडवक्र्स निर्माण गर्नुअघि नहरमा बग्छ कि बग्दैन त्यसको लागि लहान नगरपालिका पूर्व प्रमुख मुनि साहले बालुवाको बाँध बाधेर नहरमा पानी बगाएपछि हेडवक्र्स निर्माणको लागि पहल गरेपछि हेडवक्र्स निर्माण भएको थियो । पूर्व नगरप्रमुख साह भन्नुहुन्छ,‘६० वर्ष पुरानो नहरको सञ्चालनको लागि २०४८ साल यता हरेक चुनावमा नहर सञ्चालनको लागि दक्षिण भेगका किसानहरु माग गर्दै आइरहेका थिए । २०७४ सालमा नगरप्रमुखको रुपमा निर्वाचित भएलगतै नहर सञ्चालनको लागि पहल थालेको थिए । यत्रो मेहनेतपछि निर्माण भएको हेडवक्र्सलाई प्रयोगबिहिन बनाउन वर्तमान नगरप्रमुख नहर सञ्चालन गर्नुको सट्टा नहरलाई ड्रेन बनाउन खोज्नु किसानसँग धोका भइरहेको छ ।’

नहरमा हयुमपाइप होइन, खुलला नहरको रुपमा सञ्चालन गर्न दबाबा दिनको लागि ज्ञापन पत्र दिएर दिइएको समय समिा सकिएपछि प्रदर्शन र आन्दोलनमा उत्रिएको खुटी नहर सञ्चालन संघर्ष ससिमतिका संयोजक धर्मराज चौधरीले बताउनुभयो ।


काँग्रेस र माओवादीका नेताहरु कार्वाहीमा पर्ने

नेपाली काँग्रेसका क्षेत्रीय सभापति समेत रहनु भएको लहान नगरप्रमुख महेश प्रसाद चौधरीले किसान संघर्ष समितिको व्यानरमा नेपाली काँग्रेसका महासमिति सदस्य र क्रियासिल सदस्यहरु क्रमशः समेत रहेका कन्हैया प्रसाद गुप्ता,अजय चौधरी, सन्तोष कुमार चौधरी, मुकेश कुमार महतो,सितल प्रसाद चौधरी,राजेश थापा,रामकृष्ण यादव र बद्री चौधरीलाई विरोधी दलसँग किन आन्दोलनमा गएको भनदै सात दिनभित्र लिखित स्पष्टीकरण दिन पत्र काटिने लहान पोष्टमार्फत सार्वजानिक भएको छ । स्पष्टीकरण सोधिने र कार्वाही गर्ने विषयले नेपाली काँग्रेसभित्रको द्वन्द्व बढदै गएको वेला ११ गते शनिबार नगरप्रमुख चौधरीलाई अपशब्द प्रयोग गर्ने कार्य नेपाली काँग्रेसकै नेता कार्यकर्ताबाट हुनु निन्दनीय भएको भन्दै नेपाली काँगूेसबाट निर्वाचित १५ जना वडाध्यक्षले हस्ताक्षर गरी लहानपोष्टमार्फत सार्वजानिक गरिएको छ । यस्तै शिक्षक सङघ लहान नगर कमिटिका अध्यक्ष नारायण साहले नगरप्रमुख चौधरीलाई अपमान हुने शब्दको निन्दा गर्दै विज्ञपति नै प्रकाशित ग।िरएको छ । यता अजय चौधरीले नगरप्रमुख महेश प्रसाद चौधरीले विभिनन सार्वजानिक कार्यहरुमा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रहनु भएको पदम नारायण चौधरीलाई अपमान हुने शब्द प्रयोग गरिएकोमा यताबाट पनि जवाफ फर्काएको बताउनुभयो ।

यता किसान संघर्ष समितिले निकालेको जुलुस प्रदर्शनको विरोधमा नेकपमा माओवादी केन्द्रका नगर अध्यक्ष हेमन्त कुमार यादवलाई नसोधी नगरप्रमुख महेश चौधरीको पक्षमा नगर सचिव उमेश साहले विज्ञप्ति जारी ग।िरएकोले सचिवलाई स्पष्टीकरण सोधिने नेकपा माओवादी केन्द्रका अध्यक्ष हेमन्त कुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो,‘किसानको खेतमा पानी पुग्नुपर्ने पक्षमा नेकपा माओवादी रहेको छ । नहर नहरकै स्वरुपमा रहोस यसमा राखिएको हयुमपाइप राख्नुको कुनै औचित्य छैन । हेडवक्र्स जे उद्येश्यको लागि निर्माण भएको हो, त्यहि उद्येश्यअनुरुप काम अघि बढ्नुपर्छ ।’

सहमति विपरित काम थालेकोमा एमालेको आपति

कातिक शनिबार १० गते सत्ताधारी दल नेकपा एमाले र नेपाली काँग्रेसको नेताहरुको बीचमा नहरमा हयुमपाइप नराखी काम रोकेर प्राविधिक विज्ञहरु सहित सर्वदलीय बैठक बसेर भएको सहमति विपरित शनिबार नै नहरमा राती राती हयुमपाइप राख्न थालेपछि वार्ता भङग भएको नेकपा एमाले नगर अध्यक्ष राजकुमार साहले बताउनुभयो । उहाँको अनुसार नेकपा एमाले स्थायी कमिटि सदस्य तथा सिरहा–३ का सङघीय सांसद पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, मधेश प्रदेशसभा सदस्य राजेन्द्र प्रुसाद चौधरी लगायतका नेताहरुको उपस्थितिमा भएको सहमति विपरित नगरप्रमुख चौधरीले काम सुरु गरेपछि सहमति भङय भएको थियो । यद्यपी छठपछि पनि सार्थक वार्ता भएर समस्या समाधान गर्ने पक्षमा एमाले रहेको उहाँले धारणा सार्वजानिक गर्नु भएको छ । अहिले नहरमा हयुमपाइप राख्ने कार्य रोकिएको छ ।

सार्थक सम्बादबाट समस्या समाधान हुनुपर्ने

यस समस्यालाई सम्बाद र सहमतिको माध्यमबाट टुङगो नलगाए सहरी र ग्रामीण क्षेत्रका स्थानीयहरुबीच समेत द्वन्द्व बढ्न सक्ने मानव अधिकारवादी नेता राजकुमार राउतले बताउनुभयो । ६० वर्ष पुरानो नहरलाई सञ्चालन गर्न कुन विधि उपयुक्त हुन्छ ? त्यसको खोजी गर्न आवश्यक छ, सहरको सौन्दर्यकरण र गाँउको किसानमको समस्या दुबै समाधान हुने गरी प्राविधिकहरुको धारणा बुझन वृहत्त नागरिक अगुवाहरुको बीच छलफल गरी सम्बादबाटै यस विषयलाई समाधन दिनुपर्छ भने तर्कहरु बाहिर आउन थालेको छ ।

 

दीपावलीको दिन ओलको ...

मेरो मान्यता के थियो भने पहिलेका समयमा तरकारीहरूको विकल ...

आज लक्ष्मी पूजा : धन ...

लहान । आज नेपालीहरूले धनधान्यकी देवी लक्ष्मीको पूजाआराध ...

अहंकार र हठले समाधान ...

सम्पादकीय  फिरोज सिद्दिकी  आफ्नो जिम्मेवारी ...

हिरोको दशैं-तिहार अफ ...

लहान । सि.जी. हिरोको दशैं-तिहार “एक्कासी मालामाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A