राष्ट्रिय स्वतन्त्र पार्टी, लहानको विरोध, भेदभाव नगर्न लहान नगरपालिकालाई चेतावनी

  • कार्तिक २८, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । स्वतन्त्र पार्टी, लहान नगर समितिले लहान नगरपालिका द्वारा खुटीखोला सिँचाइ नहर र सो नहरमा निर्माणधिन योजनाको विषयमा आयोजित सर्वदलीय बैठकमा आमन्त्रण नगरिएकोप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ। 

आज जारी गरिएको प्रेस विज्ञप्तिमा नगर सभापति लव कुमार मण्डलले सर्वपक्षीय छलफलमा अन्य प्रमुख दलहरूलाई बोलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नसमेट्नु गम्भीर विषय भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “देशको चौथो ठूलो शक्ति भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस किसिमको महत्वपूर्ण छलफलबाट बाहिर राख्नु निन्दनीय छ।”

राष्ट्रिय स्वतन्त्र पार्टी, लहान नगर समितिले यस कदमलाई अन्यायपूर्ण ठहर गर्दै नगरपालिकाको यस्तो रवैयाप्रति कडा आपत्ति जनाएको छ। पार्टीका तर्फबाट बैठकमा समावेश नगरिनुले नगरपालिका जनताका समस्याप्रति संवेदनशील नभएको र निष्पक्षतामा प्रश्न खडा गरेको उल्लेख गरिएको छ।

सभापति मण्डलले विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीले सधैं जनताको पक्षमा काम गर्ने प्रतिवद्धता दोहोर्याउँदै आगामी दिनमा जनतालाई प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यक्रमहरूमा आफ्नो सहभागिता सुनिश्चित गर्न नगरपालिकासँग आग्रह गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीले भविष्यमा यस्तो प्रकारको भेदभाव नगर्न नगरपालिकालाई चेतावनी दिँदै, जनताको हकहितमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।

FB_IMG_1731483951629

चार महिनाअघि यौन दुर ...

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवा ...

जसपा लहान नगर अध्यक् ...

  जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता ...

रास्वपा सांसद सुमना ...

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद ...

गणतन्त्रको सवलताको ल ...

  जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A