सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबेका दुई किशोरमध्ये एकजनाको शव फेला परेको छ भने अर्काको खोजी कार्य जारी छ।
डुबेका मिर्चैया नगरपालिका–५ का १६ वर्षीय रोशन मण्डलको शव करिब तीन घण्टापछि नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो। उनीसँगै नुहाउन गएका कर्जन्हा नगरपालिका–५ का १५ वर्षीय लक्ष्मण कुमार साह भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
कात्तिके पूर्णिमाका अवसरमा नुहाउन गएका किशोरहरू नुहाउने क्रममा डुबेका थिए। प्रत्यक्षदर्शीहरूले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बन्दिपुर र सशस्त्र प्रहरी बल मिर्चैयाबाट खटिएको टोलीले खोजतलास थालेको थियो।
प्रहरी र स्थानीयवासीको सहयोगमा नदीमा तैरिरहेको अवस्थामा रोशन मण्डलको शव निकालिएको छ। शवलाई घटनास्थलमै सुरक्षित राखेर कानुनी प्रक्रिया अघि बढाइएको छ। अर्का किशोर लक्ष्मण साहको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको पूर्ण अनुसन्धान र बेपत्ता किशोरको खोजीका लागि प्रहरी सक्रिय रहेको छ। यस घटनाले नदीमा नुहाउँदा हुनसक्ने जोखिमप्रति स्थानीयलाई सचेत रहन आवश्यक रहेको देखाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A