पद्मोदय फाउन्डेसनद्वारा सिराहाका अपाङ्गहरुलाई व्हीलचेयर वितरण

  • मंसिर १९, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा पद्मोदय फाउन्डेसनले ६४ जना अपाङ्ग व्यक्तिहरूलाई व्हीलचेयर वितरण गरेको छ। 

मङ्गलबार धनगढीमाई नगरपालिकाको तरकारी बजारमा डाइनामिक हाइड्रो इनर्जी प्रा. लि.को सौजन्यमा आयोजना गरिएको कार्यक्रममा व्हीलचेयर वितरण गरिएको हो।

अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, उनीहरूको क्षमता विकास र सामाजिक सहभागितामा सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ यो कार्यक्रम गरिएको पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गरेका महतोले फाउन्डेसनले भविष्यमा पनि अपाङ्गता भएका व्यक्तिहरूको सहयोगका लागि यस्ता गतिविधि निरन्तर जारी राख्ने बताए।  

"समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार" भन्ने मूल नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवस कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले अपाङ्गताको अवस्थामा रहेका व्यक्तिहरूको जीवनस्तर उकास्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए। उनले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।  

विशिष्ट अतिथि धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले नगरपालिकाले अपाङ्गता भएका नागरिकहरूको हितका लागि विविध कार्यक्रम ल्याउने बताएका छन्।  

उनले समाजमा समान अवसर प्रदान गर्न र अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन यस प्रकारका सहयोग अभियानको आवश्यकता रहेको बताए।  

अपाङ्गता भएका व्यक्तिहरूले यस सहयोगका लागि आभार व्यक्त गर्दै दैनिक जीवनमा यसले ठूलो सहजता ल्याउने विश्वास व्यक्त गरे।

20241203_143017 20241203_133409 20241203_133630   

उपाध्यक्ष जगतप्रसाद ...

गोलबजार । श्री रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क ...

लहान नगरपालिकामा ब्र ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका मेयर महेश ...

वार्ताको निष्कर्ष : ...

जीवछ उदासीलहान,पुस २८गते । लहान–२२ का कृषक रामचन ...

मानव अधिकार एलायन्स ...

फिरोज सिद्दिकी सिरहा । मानव अधिकार एलायन्स सिरहाको तेस ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A