जीवछ उदासी
लहान,पुस २३ गते ।
लहान स्थित राम कुमार उमा प्रसाद प्रादेशिक अस्पताल लहानमा आउने विपन्न विरामीहरुलाई शितलहर छल्नको लागि लहान नगरपालिकाले कम्वल वितरण गरेको छ ।
लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सोमबार अस्पताल पुगी अस्पतालका मेडिकल सुपरीडेन्टेड बृजेन्द्र कुमार साह र अस्पताल विकास समितिका अध्यक्ष शत्रुधन मण्डललाई ६५ थान कम्बल दिनुभयो । उहाँले कम्बल हस्तान्तरण गर्दै अस्पतालमा आउने विपन्न विरामीहरुलाई चाहिने कम्बल नगरपालिकामले उपलब्ध गराउने बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,‘अस्पतालमा भर्ना हुने विरामीहरुलाई उपचारमा कुनै समस्या नहोस् । नगरपालिकाबाट हुने सहयोग भइरहनेछ । थप सहयोगको लागि निरन्तर प्रदेश र सङघ सरकारबाट सहयोगको लागि प्रयासरत रहेका छौं ।’
लहान अस्पतालमा आउने विरामीहरुको उपचारमा कुनै लापरवाही नहुने मेसु साहले सिवश्वास दिलाउँदै अस्पतालको जग्गा रजिष्ट्रेशनमा देखिएको झमेला अन्तय गर्नको लागि नगरपालिकाले पहल गरिदिन ध्यान आकर्षण गराउनुभयो । उहाँले थप्नुभयो,‘एक विगहा पन्ध्र कठा जग्गा अस्पतालको रजिष्ट्रेशनको लागि लाग्ने करोडौ राजश्व मिनहाको लागि प्रदेश सरकारले सङघ सरकारलाई पत्राचार गरेको महिनौ भएपनि केन्द्रबाट पहल नहुँदा रजिष्ट्रेशन अडकेको हो । जमीन रजिष्ट्रेशन नहुँदा भौतिक निर्माण र शय्या थप्नेकाममा समस्या आएको छ ।’
यता दाता परिवारको तर्फबाट मुरारीलाल मुरारकाले अर्बौ मूल्यको जग्गा रािजष्ट्रेशन कति चाँडो हुनेछ ? त्यसको लागि सरोकारवाला सबैलाई पहल गरिदिन सरोकारवालाहरुलाई पहल गर्दै आइरहेको बताउनुभयो । जग्गा रजिष्ट्रेशनको लागि मधेश प्रदेशका जनसंख्या तथा स्वास्थ्यमन्त्री शत्र्धन प्रसाद सिंह स्वयम पहल गरिरहनु भएको प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले भन्दै सङघीय सरकारका अर्थमन्त्रालयमा सिफरिस गइसकेको भएपनि सङघीय सांसदलाई पहल थाल्न आग्रह गर्नुभयो ।
लहान नगरप्रमुख चौधरीले प्रत्येक महिनाको २२ गते विपन्न दलित समुदायका गर्भवती महिलालाई दिँदै आएको पोषण प्याकेज लहान–१९ का गर्भवती महिलालाई वितरण गर्नुभयो । प्याकेजमा १० किलो चाव, दुई किलो दाल एक प्याकेट नुन।गेडागुडी र एक लिटर तेल रहेको छ । यो प्याकेज नगरप्रमुखमा निर्वाचित भएदेखि उहाँले महिनाको २२ गते नगरपालिकाको २४ वटै वडामा पालोपालो वितरण गर्दै आइरहनु भएको छ ।
लहान–१९ स्थित स्वास्थ्य चौकीमा गर्भवति महिलाहरुको बचचाको अवस्था बुझ्न अल्ट्रसाउण्ड गरिने उपकरण समेत नगरप्रमुख चौधरीले हस्तान्तरण गर्नुभयो । नगरप्रमुखले गरीव दलित बस्तीमा हुने समस्या खबर पाएपछि समाधान गर्न आफै देखाइरहनु भएको सक्रियता र गर्भवति महिलाहरुलाई दिइरहेको पोषण भत्ताले सुखदुखमा स्थानीय सरकार रहेको महसुस गर्भवति पोषण प्याकेज लिइँदै लहान –१९ की राधा सदायले खुसी व्यक्त गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A