गोलबजार । श्री रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस, गोलबजारका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष जगतप्रसाद यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्। यादवले व्यवस्थापन समितिमा सुशासनको अभाव र निर्णायक क्षमताको कमजोरीलाई कारण देखाउँदै राजीनामा दिएका हुन्।
उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् कि क्याम्पसको गठन प्रक्रियामा अध्यक्ष पदका लागि आफू दावेदार भए पनि विभिन्न बाधा अड्काउका कारण नेतृत्वको मुख्य भूमिकामा पुग्न असफल भएका थिए। विद्यार्थी, प्राध्यापक तथा व्यवस्थापन समितिका सदस्यहरूको आग्रहमा उपाध्यक्ष पदमा बस्न तयार भए पनि उनले सो पदबाट क्याम्पसको उन्नति र प्रगति गर्न उपयुक्त वातावरण निर्माण हुन नसकेको जनाएका छन्।
यादवले व्यवस्थापन समितिले सुशासन कायम गर्न र शैक्षिक क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्न असमर्थ भएको आरोप पनि लगाएका छन्। "व्यवस्थापन समिति अनिर्णयको बन्दी बनेको छ," यादवले राजीनामा पत्रमा लेखेका छन्।
उनको राजीनामा पत्रले क्याम्पसको भित्री समस्याहरू उजागर गर्दै आगामी दिनमा व्यवस्थापन समितिले क्याम्पसको हितमा महत्वपूर्ण कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A