किसानहरूले लहानका मेयर महेश चौधरीलाई दुर्व्यवहार गर्ने चेतावनी

  • माघ १२, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । खुट्टी नहरलाई ढलमा परिणत गर्ने प्रयासको विरोधमा विगत ४ महिनादेखि आन्दोलनरत किसानहरूले अब लहान नगरपालिकाका मेयर महेश चौधरीलाई दुर्व्यवहार गर्ने चेतावनी दिएका छन्।  

नगरपालिकाले खुट्टी नहरमा ढल निर्माण गर्ने काम सुरु गरेपछि किसानहरूले निरन्तर आन्दोलन गर्दै आएका हुन्। उनीहरूको भनाइ छ कि यो नहरले हजारौं बिघा खेतीयोग्य जमिनलाई सिञ्चित गर्ने छ। नहरलाई ढलमा परिणत गर्दा उनीहरूको कृषि निर्भरता पूर्णतः संकटमा पर्नेछ।  

किसानहरूको आन्दोलनले चौतर्फी समर्थन प्राप्त गरिरहेको छ। उनीहरूले नगरपालिकासँग पटक–पटक वार्ताको प्रयास गरे पनि कुनै समाधान निस्कन नसकेको गुनासो गरेका छन्। "हाम्रो मागलाई वेवास्ता गरिएमा आन्दोलन थप उग्र बनाउने छौं," कुट्टी नहर सिँचाइ संघर्ष समितिका संयोजक धर्मराज चौधरीले भने।

लहान नगरपालिकाका मेयर महेश चौधरीले भने किसानहरूको मागप्रति गम्भीर रहेको बताउँदै आएका छन् । तर, भनाइ एकातिर गराई एकातिर रहेका छन्। 

किसानहरूले चेतावनी दिँदै भनेका छन् कि यदि नगरपालिकाले शीघ्र कदम नचालेमा उनीहरू बाध्य भएर मेयरविरुद्ध प्रत्यक्ष कारबाही गर्नुपर्ने स्थिति आउनेछ। यसले नगरपालिकाको प्रशासनिक गतिविधिमा थप तनाव बढ्ने छ।

सरकारले भ्रष्टाचारी ...

काठमाडौं, शुक्रबार । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष ...

राजावादीको आन्दोलनमा ...

काठमाडौँ, शुक्रबार । व्यवस्थाको विरोध गर्दै राजावादीहरू ...

पत्रकारिताले बेथिति ...

फिरोज सिद्दिकी लहान, सिरहा । मधेश प्रदेश सरकारका गृह, ...

लहान नगरपालिकामा उपम ...

फिरोज सिद्दिकी  लहान, सिरहा । लहान नगरपालिकामा उप ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A