गोलबजारमा किशोरीहरूका लागि तीन दिने यौन तथा प्रजनन स्वास्थ्य तालिम सम्पन्न

  • चैत १३, २०८१
  • समृद्धिपथ
alt

संजुकुमारी दास

गोलबजार, सिरहा । गोलबजार नगरपालिकाको वडा नं. १३ का ३० जना किशोरीहरूको सहभागितामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। मुक्ति नेपाल, गोलबजारद्वारा आयोजित उक्त तालिममा किशोरीहरूलाई आफ्नै शरीरका भित्री तथा बाहिरी प्रजनन अंगहरूबारे गहिरो ज्ञान दिलाउँदै, तिनलाई स्वस्थ राख्ने उपायहरू सिकाउने उद्देश्य सहित तालिम सम्पन्न भएको हो।

तालिममा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले लिंग र लैंगिकता, लैंगिक हिंसा, समाजमा व्याप्त हानिकारक परम्परागत अभ्यासहरू र तिनले किशोरी तथा महिलाको स्वास्थ्यमा पार्ने असरबारे विस्तृत छलफल गरिन्। साथै, किशोरावस्था, प्रजनन स्वास्थ्य, महिनावारी तथा स्वच्छता, गर्भपतन र कानुनी प्रावधानबारे जानकारी दिइएको थियो। मानसिक स्वास्थ्य, सामाजिक अवस्था, तनाव व्यवस्थापनका उपायहरू लगायत विषयमा पनि छलफल भएको थियो।

कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि नगर उपप्रमुख मानती साहले समाजमा यस्ता तालिम आवश्यक रहेको भन्दै किशोरीहरूलाई सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गरिन्। उनले बालविवाह र भागी विवाह रोकथामका लागि सचेत हुनुपर्ने बताउँदै, कुनै समस्या आएमा निर्धक्क नगरपालिकामा सम्पर्क गर्न आग्रह गरिन्।

प्रशिक्षक तेजकुमारी श्रेष्ठले पाठ्यक्रममा समावेश भए पनि यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर छलफल गर्ने अभ्यास नहुँदा, महिलामध्ये मात्र ३–४ प्रतिशत पूर्ण रूपमा स्वस्थ रहेको तथ्यांक प्रस्तुत गरिन्। मनोविमर्शकर्ता कामना साहले किशोरीहरू खुलस्त रूपमा आफ्नो समस्या पोख्न नसक्दा गम्भीर मनोसामाजिक समस्यामा पर्ने बताइन्।

त्यस्तै, मनोविमर्शकर्ता शशी यादवले किशोरीहरूले गोपनीयता भंग हुने डरले समस्या सेयर गर्न नसक्ने समस्या रहेको औंल्याइन्। उनले प्रत्येक पालिकामा मनोपरामर्शकर्ता भएकाले, समस्या देखिनासाथ परामर्श सेवा लिनुपर्ने सुझाइन्।

तालिममा सहभागी गोलबजार–९ की सपना पासमानले महिनावारीका क्रममा प्रयोग गरिएका प्याड जलाउनु राम्रो तरिका भए पनि गाउँमा यसलाई वर्जित मान्ने परम्परा रहेको बताइन्। उनले यस्ता गलत धारणाहरू तोड्न आवश्यक रहेको उल्लेख गरिन्। चौहर्वाकी रुबी महतोले पहिलोपटक यस्तो तालिम लिएको अनुभव सुनाउँदै, आगामी दिनमा अन्य महत्त्वपूर्ण विषयमा पनि तालिमको अपेक्षा व्यक्त गरिन्।

तालिमको सफल सञ्चालनमा मुक्ति नेपालका कार्यक्रम संयोजक बिशेश्वर दास, कार्यक्रम तथा अभिलेखन अधिकृत संजु कुमारी दास, सामाजिक परिचालक अंजली मण्डल, सुरज साहलगायतको टोली संलग्न थियो। उनीहरूले विभिन्न खेल, अन्तरक्रिया तथा मनोरञ्जनात्मक गतिविधिमार्फत तालिमलाई प्रभावकारी बनाएका थिए।

चार महिनाअघि यौन दुर ...

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवा ...

जसपा लहान नगर अध्यक् ...

  जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता ...

रास्वपा सांसद सुमना ...

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद ...

गणतन्त्रको सवलताको ल ...

  जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A