पत्रकारिताले बेथिति उजागर गर्नुपर्छ, व्यवस्थालाई बलियो बनाउन जरुरी : गृह मन्त्री लेखी

  • चैत १४, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, सिरहा । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मुलुकमा देखिएका गडबडी र बेथितिहरू सुधार्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

बिहीबार लहानमा आयोजित ‘पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठी’मा बोल्दै मन्त्री लेखीले प्रेस स्वतन्त्रताको रक्षा गर्दै बेथितिहरूको पर्दाफास गर्न पत्रकारहरूले निर्धक्क भएर कलम चलाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।

‘पत्रकारिता समाजको ऐना हो। मुलुकमा गडबडी छन्, बेथिति छन्। यी सुधार्नका लागि राजनीतिक दलहरू सच्चिनुपर्छ। पत्रकारहरूले पनि निर्भीक भएर सत्य उजागर गर्नुपर्छ,’ उनले भने।

उनले देशमा लोकतान्त्रिक प्रणाली मजबुत रहेको र यो व्यवस्थाले नागरिकहरूको अधिकार सुनिश्चित गरेको बताए। ‘यो व्यवस्था जनताले बलिदानपूर्ण संघर्षबाट ल्याएका हुन्। अहिले जनता आफैं शासनसत्तामा छन्। संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशिता जस्ता व्यवस्था जनताकै आन्दोलनबाट आएका उपलब्धिहरू हुन्,’ मन्त्री लेखीले थपे।

उनले मुलुकमा राजतन्त्रको कुनै सम्भावना नरहेको पनि प्रस्ट्याउँदै भने, ‘राजतन्त्रको एजेन्डा बोकेर केही दलहरू राजनीति गरिरहेका छन्, तर जनताले उनीहरूलाई अस्वीकार गरिसकेका छन्।’

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू, सञ्चार क्षेत्रका विज्ञहरू तथा सामाजिक अगुवाहरूको उपस्थिति थियो। गोष्ठीमा पत्रकारिताको आचारसंहिता, प्रेस स्वतन्त्रता, सूचनाको हक र जिम्मेवार पत्रकारिताका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कुमार कर्णले मधेशमा पत्रकार आचार संहिताका चुनौती र व्यवस्था सम्वन्धी जानकारी गराएका थिए ।

कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेश, जनकपुरधामका अध्यक्ष कैलास दासको अध्यक्षतामा सम्पन्न गोष्ठीमा वरिष्ठ पत्रकार दिनेश्वर प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैतालगायतका पत्रकारहरुले धारणा राखेका थिए। कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका उपसचिव एलिना हिंगमांग चौधरीले गरेकि थिइन।

चार महिनाअघि यौन दुर ...

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवा ...

जसपा लहान नगर अध्यक् ...

  जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता ...

रास्वपा सांसद सुमना ...

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद ...

गणतन्त्रको सवलताको ल ...

  जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A