जीवछ उदासी
लहान,चैत ४ गत
नवराजपुर गाउँपालिका –३ जगतपुर दुनवारीकी २४वर्षिया विवाहित आनन्दी देवी सदायसँग पुस ९गते दिनको दस बजेतिर गाउँका दुई युवकहरुले जर्वजस्ती करणीको प्रयास गरेको थियो । जर्वजस्ती करणी प्रयास गरेका युवकहरुलाई प्रहरीले नियणत्रणमा लिन नसकेको र मिलापत्र गराउन निकै दबाब प्रलोभन आइरहेको तनावलाई थेग्न नसकेर बैशाख २ गते दिनको १२ बजे झुण्डिएको अवस्थामा मृत्यु अवस्थामा फेला परेकी थिइन ।
आनन्दी देवी सदायका भाउजु विनिता देवी सदायका अनुसार दिनको दस बजेतिर बरियारपटि गाउँपालिका नरगी गाउँमा बस्ने जेठी दिदी लक्ष्मीनिया देवी सदायसँग भेट्न घरबाट हिडेकी थिइन । घरदेखिपश्चिम एक किलोमिटरको दुरीमा रहेको हरहा पोखरी नजिक रुखमुनि एकछिन बसेकी आनन्दीलाई त्यहि नजिकमा गेहुँकोखेतमा सिंचाईको लागि सानो आली बनाइ रहेका दुई युवक सञ्जीब कुमार यादव र श्याम कुमार यादव नजिकमा आएर दुईहजार रुपैयाको लोभ देखाएर यौन सम्बन्धको प्रस्ताव राख्छन । आनन्दीले म विवाहित महिला भएको र तपाईहरु दुबैजना गाउँको दाजुपर्नेहरुलाई यस्तो भन्न लाज लाग्दैन भनेपछि दुबैजनाले जर्वजस्ती पक्रेर परालको थुप्रो नजिक लगेर सञ्जीव यादवले जर्वजस्ती गर्न खोजेको र श्याम सुन्दर यादवले भिडियो खिच्नथाल्दा त्याहाँबाट गुहार गुहार गरी भाग्न आनन्दी सफल भइन । रुँदै घर आउँदा लगाएकी रुवाल समेत च्यातिको अवस्थामा थियो । आनन्दीको पति उमेश सदायपनि नरहा गाँउपालिका बर्छवाबाट ससुराली मै आउनु भएको थियो ।
गाउँका अगुवा नजिक न्यायको लागि पति उमेश सदायलाई साथमा लिएर गुहारिन । सामाजिक न्याय पाउन नसक्ने अवस्था आएपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा उजुरी दर्ता गराउन खोज्दा निकै झमेला भयो । महिला अधिकारकर्मी मुक्ति नेपाल गोलबजारका अध्यक्ष देव कुमार महराले आनन्दी सदायलाई न्याय नभए आन्दोलन गर्ने चेतावनी दिएपछि फागुन २५गते जर्वजस्ती करणी उद्योग मुर्दा दर्ता गरेको थियो ।
मुद्दा दर्ता भएपनि स्थानीय त्यहि गाउँमा रहेको दलितउत्पीडित जनजाती आधारभूत विद्यालयका शिक्षक नरेन्द्र यादवले मुद्दामिलापत्र गराउन एक लाखको प्रलोभनसमेत दिन आएको थियो । आनन्दी देवीकाआमा बिल्टौनीया देवी सदाय र आन्न्दी सदायले रुपैया होइन न्याय चहियो भनि रहँदा मिलापत्र गराउने बिचौलियाहरु प्छि हटेको आनन्दी देवीसदायको भाउजी विनिता देवी सदायले सुनाउनुभयो ।
नवराजपुर गाँउपालिका –१ की रिङकु सदायको वलात्कृत भएपछि सामाजि न्याय नपाएको अवस्थामा आफ्नै घरमा झुण्डिएर मृत्यु भएको घट्ना भएको डेढ महिनापछि आनन्दी देवी सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत्यु अवस्थामा फेला पर्नु मधेशमा अति विपन्न समुदायको रुपमा रहेको मुसहर समुदायले सामाजिक न्याय पाउन नसक्नु प्रहरी प्रशासनले घटनालाई दबाउन खोज्नु ठूलो समस्या रहँदै आएको मानव अधिकारवादी अगुवा राजकुमार राउतले बताउनुभयो ।
समाचार बाहिरिएपछि गृहमन्त्री गृहममन्त्री रमेश लेखकले घटनाबारे के भएको हो भने निर्देशन प्रहरी महानिरिक्षक दिपक थापासँग राखेपछि सिरहा प्रहरी प्रमुखले घट्नाबारे गहिरो छानविनमा लागि सकेको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरिक्षक रविन कुमार मैनालीले बताउनुभयो । मुद्दा दर्ता भएपनि घट्नामा संलग्न दुई युवकहरुलाई किन नियणत्रणमा लिन सक्नु भएन जिज्ञासामा निरिक्षण मैनालीले भन्नुभयो,‘दसपटक गाउाँ प्रहरी परिचालन गरिएपनि सीमापारी भारत भागि सकेकोले नियणत्रणमा लिन नसकेको हो । भारतीय प्रहरीसँग जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले भारतीय प्रहरीसँग समन्वय गरेर नियाणत्रण लिन लागि परेको छ ।’
म्ृत्युहुनुभन्दा केहि समय अघि पति उमेश सदायलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसको जुडशितलको पर्वको दिन रहेकोले न्याप पनि भएन पति उमेशले पनि फोन नउठाइरहेको तनाव थेग्न नसकेकर झुण्डिएको हुन सक्ने आन्न्दी सदायका परिवार जनले बताएका छन् । दुई वर्षको छोरीकी आमा आनन्दी सदायको पिता जोगिन्दर सदाय भारतको पञ्जावमा रोजगारीमा रहेका छन् भने जेठो दाजु इन्द्रदेव सदाय वैदेशिक रोजगारीमामलेसियाम रहेको छ । झुण्डिएको समयमा आमा बिल्टौनिया देवी सदाय खतेतवारी जानु भएको थियो । भाउजु नजिकै रहेकोपोखरीमा लुगा धुन गएको समयमा कोठा थुनेर झुण्डिएको अवस्थामा कान्छोभाई धर्म देव सदायले हल्ला गरेपछि आमा बिल्टौनियादेवी सदायले छोरी आन्नदी सदायलाई मृत्य अवस्थामा फेला पारेकी थिइन । लहान स्थित राम कुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा पोष्टमार्टम भएपछि अन्तिम दाह संस्कार गरिने प्रहरीले जनाएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A