गणतन्त्रको सवलताको लागि बाम एकता आवश्यक

  • वैशाख ४, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

अहिले प्रतिगामी शक्तिहरु टाउको उठाउन खोज्दैछ । गणतन्त्र माथि नै हमला बोल्न बुता गरिरहेको छ । राजतन्त्र फर्काउन प्रतिगामी चलखेल बढिरहेकाले लोकतन्त्रवादी र गणतन्त्रवादीहरु यो व्यवस्थालाई कसरी सवल बनाइ रहने यस विषयमा अग्रगामी शक्तिहरु एक हुन आवश्यक छ । प्रतिगामी र अग्रगामी शक्तिहरुलाई सतही रुपले देख्न नसके पावर भएको चश्मा लगाएर किता छुट्याउन आवश्यक छ । बेलैमा किता मजबुत नगरे राजनीति दृष्टिकोण प्रष्ट हुन सक्दैन । 

नेपाल कम्युनिष्टहरुहरुको उर्वरभूमि हो । आपसमा फुटेर कमजोर देखिएको छ । गणतन्त्रको लागि दस वर्ष युद्धको नेतृत्ब गरेको नेकपा माओवादी केन्द्र झन् जिम्मेबार हुन जरुरी छ । वर्तमान संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख भनिएको छ । संविधानको मौलिकहरुले शिक्षा स्वास्थ्य आवास लगायतका अधिकारको ग्यारेन्टी गरेपनि कार्यान्वयन पक्ष गतिलो देखिएन । जसले गर्दा उत्तम संविधान भएपनि संबिधान कार्यन्वयन गर्ने दलहरु धेरै चुकेकोले वर्तमान वर्तमान व्यवस्थाप्रति र नेतृत्वप्रति घृणा जागिरहेकोले यसको क्रेडिट कतै न कतै राजावादीहरुले उठाइरहेको छ । 

नेकपा एमाले र नेकपा माओवादी प्रचण्ड र ओली एक ठाउँमा आएपछि झण्डै दुई तिहाई जितेको जनतामा प्रगतिशील कामहरुले गति लिइरहेको थियो । देशले समृद्धि र विकासको पथमा अघि बढिरहेको थियो । गणतन्त्र सतसाल जस्तो बलियो भइरहेको थियो । एमाले फुट्दा नेकपा टुट्दा फेरि गैर कम्युनिष्टहरु सोह्रै आना फाइदा लिइरहेको छ । घर फुटाउ नीतिमा लागेका देशी विदेशी प्रतिक्रियावादीहरुको स्वार्थ पुरा भयो । 

राजावादीहरुको यस्तो चलखेल भइरहेको वर्तमान अवस्थामा परिस्थितिले नै प्रष्ट गरेको छ । सबै बाम एक ठाम आऊ नीति कार्यान्वयनमा ल्याउन जरुरी छ । एमाले माओवादी नेकपा एकिकृत समजवादी अलगै अलग रहेर देशलाई समाजवादीपथमा अघि बढाउन सकिंदैन । पुरानो पुस्ताले नेतृतत्वबाट विराम लिएर नयाँ पुस्तामा हस्तान्तरण गरेर भएपनि बाम एकता हुन जरुर छ । 

विद्या देवी भण्डारीको नेतृत्व एमालेमा भए पुरानो नेकपा ब्युताउँन तयार रहेको प्रचण्ड र माधव कुमार नेपालको प्रस्तावलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले समेत गम्भीर हुन जरुरी छ । प्रचण्ड ओली माधव नेपाल र केपी ओली अभिभावक सल्लाहकारको रुपमा रहेर पनि बाम एकताको लागि पहल कदमी लिन जरुरी छ । बाम एकताबाट नै गणतन्त्र सवल हुने देशमा स्थीरता र समृद्धिको लागि माहोल बन्नेछ । सबै बाम एक ठाम भएर समाजवादी मोर्चाहरुलाई पनि साथमा लिएर अघि बढे गणतन्त्रको सुरक्षित र सुनौलो भविष्य छ । 

 

प्रहरी निरीक्षकद्वार ...

सिराहा, वैशाख २९ गते । प्रहरी निरीक्षक राज यादवद्वारा प ...

श्रद्धालु भक्तजनलाई ...

फिरोज सिद्दिकी लहान, वैशाख २९ गते । लहान नगरपालिका&nda ...

बजार अनुगमनका क्रममा ...

लहान । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वी ...

नेपाल मुस्लिम इत्तेह ...

फिरोज सिद्दिकी  नेपालगन्ज, वैशाख १९ गते । नेपाल म ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A