जसपा लहान नगर अध्यक्षमा महतो निर्वाचित

  • वैशाख ४, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,बैशाख ४ गते 

जनता समाजवादी पार्टीको लहान नगर कमिटिको अध्यक्षमा राम उदगार महतो निर्वाचित हुनु भएको छ । 

सर्वसम्मत कमिटि चयन हुन नसकेपछि अध्यक्ष उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्ष पदको लागि आज सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा राम उदगार महतो ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँलाई योगेन्द्र (कारी) यादवले ६१ मत ल्याएर पछ्याउनु भएको थियो । 

यसैगरी उपाध्यक्षमा शत्रुधन यादव ,चन्द्र नारायण कुशवाहा सचिवमा राम औतार महतो सह सचिवमा क्रमश: शिव कुमार महतो र राम किसुन यादव र कोषाध्यक्षमा राधा महतो निर्वाचित हुनु भएको छ । 

१३५ प्रतिनिधि मध्ये १३२ मत खसेको थियो । निर्वाचित महतोलाई नेता रोशन गुप्ता प्रदेश सभा माननीयहर ललिता दास र राज कुमार गुप्ता, जिल्ला समन्वय समिति सिरहा प्रमुख दिनेश महतोको सथ थियो भने कारी यादवको पक्षमा खुलेर लहान नगर उपप्रमुख राम चलितर महतो खुल्नु भएको थियो । 

अध्यक्ष पदको उम्मेदबार हरि शरण यादवले एक मत र अर्काे अध्यक्ष पदको उम्मेदबार सुभकलाल यादवले आफ्नो मत आफूमा समेत नलिई राम उदगार महतोलाई दिनु भएकोले राम उदगार जीत सुनिश्चित भएको एक नेताले बताउनुभयो । 

प्रहरी निरीक्षकद्वार ...

सिराहा, वैशाख २९ गते । प्रहरी निरीक्षक राज यादवद्वारा प ...

श्रद्धालु भक्तजनलाई ...

फिरोज सिद्दिकी लहान, वैशाख २९ गते । लहान नगरपालिका&nda ...

बजार अनुगमनका क्रममा ...

लहान । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वी ...

नेपाल मुस्लिम इत्तेह ...

फिरोज सिद्दिकी  नेपालगन्ज, वैशाख १९ गते । नेपाल म ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A