बजार अनुगमनका क्रममा दर्ता नभएका र बिलबिजक नराख्ने पसलहरूलाई जरिवाना

  • वैशाख २६, २०८२
  • समृद्धिपथ
alt

लहान । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा बिहीवार बजार अनुगमन गरिएका छन्।

संयुक्त बजार अनुगमनका क्रममा लहान क्षेत्रमा सञ्चालित अधिकांश पसलहरू व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेको, दर्ता भएका व्यवसायको नविकरण नगरेको, खरिदबिक्रीको बिलबिजक नराखेको तथा मूल्यसूची नराखेको अवस्थामा भेटिएका हुन्।

अनुगमनका क्रममा अनियमितता भेटिएका पसलहरूमाथि जरिवाना तोकिएको छ। अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोलाई १० हजार र मा इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एण्ड सप्लायर्स, विवेक शु सेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरे कृष्ण इम्पेरियन र अर्चिड क्याफेलाई पहिलो पटकका लागि चेतावनी दिँदै सचेतीकरण गरिएको छ। इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्ण राज सुयाँलका अनुसार ती पसल सञ्चालकलाई तीन दिनभित्र मूल्यसूची राख्न तथा आवश्यक कागजात इलाका प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ। निर्धारित समयभित्र पालना नगरे कानुनअनुसार कारबाही हुने प्रमुख सुयाँलले जानकारी दिए।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, वीरगञ्जका प्रतिनिधि मधुरेश प्रसाद साहले अनुगमनको पहिलो चरणमा अखाद्य वस्तु बिक्री गर्ने व्यापारीलाई चेतावनी दिइएको र दोस्रो चरणदेखि भने कानुनअनुसार कडा कारबाही हुने स्पष्ट पारे। उनले इजाजतपत्र बिना सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री गर्न नपाइने भन्दै व्यवसायीलाई कानुनी दायरामा रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गरे।

संयुक्त बजार अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, इलाका प्रशासन कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहान, जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहान, तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरू सहभागी थिए।

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाले व्यवसायीले सरकारले निर्धारण गरेको नीति नियमहरूको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए। उनले स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, घरेलु तथा साना उद्योगको दर्ता प्रमाणपत्र, नापतौल प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयको दर्ता प्रमाणपत्र तथा खरिदबिक्रीको बिल जस्ता कानुनी कागजातहरू अनिवार्यरूपमा राख्न र नविकरण गर्न आग्रह गरे।

नेपाल उद्यमी व्यवसाय ...

२ असार, लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघ, लहान, ...

मधेश प्रदेशको ४६ अर् ...

१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८ ...

लहानका उप–प्रमुख महत ...

फिरोज सिद्दिकी १ असार, लहान । लहान नगरपालिकाका उप&ndas ...

नेपाल पत्रकार महासंघ ...

जनकपुरधाम, जेठ ३० । नेपाल पत्रकार महासंघ मधेश प्रदेश का ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A