पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ

  • साउन ४, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं, साउन ४ गते । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार अदालतले झालाई पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।

चार महिनाअघि एक किशोरीले झामाथि यौन शोषणको उजुरी दर्ता गरेकी थिइन्। उजुरीमा झाले विभिन्न प्रलोभन र आश्वासन देखाउँदै आफूलाई यौन शोषण गरेको पीडितको दाबी छ। उजुरी परेपछि झा फरार रहेका थिए।

प्रहरीका अनुसार उनीमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पूर्वप्रदेश प्रमुख झा मधेश प्रदेशमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएका थिए।

उनीविरुद्ध कानूनी कारबाहीको माग गर्दै विभिन्न महिला अधिकार संगठनहरूले आवाज उठाइरहेका छन्। प्रहरीले आवश्यक प्रमाण संकलन गरी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A