फिरोज सिद्दिकी
कर्जन्हा, असार १२ गते । सिराहाको कर्जन्हा नगरपालिका वडा नं. १० मा आज शिव मन्दिरको सिलान्यास, बजार ढलान र बजार शेडको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। विकास निर्माणको यो कार्य स्थानीय सरोकारवाला र जनप्रतिनिधिहरुको उपस्थिति तथा सक्रियतामा सम्पन्न भएको हो।
शिव मन्दिरको सिलान्यास समारोहमा कर्जन्हा वडा नं. १० का वडा अध्यक्ष सगिर शेख, मिर्चैया नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रुपेश साह, साथै कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकाका स्थानीय बासिन्दाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सबैप्रति कर्जन्हा नगरपालिकाका मेयर भोला पोखरेलले आभार व्यक्त गरेका छन्। उनले भने, “विकास र धार्मिक संरचनाको संरक्षण हाम्रो प्राथमिकता हो। आजको कार्यक्रममा सहभागी भइ सहयोग गर्नुहुने वडा अध्यक्ष सगिर शेख, वडा अध्यक्ष रुपेश साह तथा कर्जन्हा र मिर्चैया नगरवासी सबैलाई कृतज्ञता प्रकट गर्दछु।”
बजार ढलान तथा बजार शेडको उद्घाटनसँगै स्थानीय व्यापारी र सर्वसाधारणलाई दैनिक जीवनमा सहजता आउने विश्वास नगर प्रमुख पोखरेलले व्यक्त गरे। उनले थपे, “नगरवासीको सहयोग, प्रतिनिधिहरुको प्रतिबद्धता र स्थानीय उत्साहले मात्र हामी कर्जन्हालाई विकासको दिशामा अगाडि बढाउन सक्छौं।”
यस अवसरमा स्थानीय बासिन्दाहरुले मन्दिर निर्माण र बजार संरचनाको स्तरोन्नतिलाई स्वागत गर्दै, आगामी दिनमा समेत यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A