बालेन र सुधनविरुद्ध नेविसंघद्वारा जाहेरी, २४ घण्टाको अल्टिमेटम

  • असोज २६, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनालाई लिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह बिष्टले आज काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्।

उनले संगठनको निर्णयअनुसार काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गर्न पुगेको बताए। जाहेरीमा बालेन साह र सुधन गुरुङले युवा विद्यार्थीहरुलाई उकासेर सर्वसाधारणको ज्यान जाने गरी मुठभेड गराएको, सरकारी र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा लुटपाट गराएको, राष्ट्रिय सम्पदामा क्षति पु-याएको आरोप लगाइएको छ।

बिष्टका अनुसार, “जेनजी आन्दोलनका नाममा देशभर भएको तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिको विनाशको जिम्मेवार यी दुई व्यक्ति हुन्। उनीहरूमाथि कानूनी कारवाही हुनुपर्छ भन्ने हाम्रो माग हो।”

उनका अनुसार नेविसंघको केन्द्रीय समितिको हिजो बसेको बैठकले देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा पनि जाहेरी दर्ता गर्ने निर्णय गरेको हो।

प्रहरीले भने जाहेरी तत्काल दर्ता नगरी सरकारी वकिल कार्यालयसँग सल्लाह गर्ने बताएको छ। काठमाडौं प्रहरी परिसरका अधिकारीहरूले यसअघि पनि यस्तै प्रकृतिका जाहेरीहरू आइसकेको बताउँदै सबैलाई एउटै कारबाही प्रक्रियामा लगिने जानकारी दिएका छन्।

नेविसंघले जाहेरी दर्ता गर्न २४ घण्टाको अल्टिमेटम पनि दिएको छ। बिष्टले भने, “२४ घण्टाभित्र जाहेरी दर्ता नभए सडकमा उत्रने चेतावनी दिएका छौं।”

यसअघि नेकपा एमाले निकट अनेरास्ववियूले पनि बालेन साह र सुधन गुरुङविरुद्ध देशका विभिन्न जिल्लामा जाहेरी दर्ता गराइसकेको छ। ती सबै जाहेरीहरू हाल छानबिनका लागि सम्बन्धित आयोगमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

लिटिल स्टार स्कुलका ...

फिरोज सिद्दिकी  लहान । लिटिल स्टार सेकेन्डरी स्कु ...

नेपाल प्रिमियर लिगमा ...

काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइ ...

नेकपा (एमाले) लाहानद ...

फिरोज सिद्दिकी लहान, सिरहा। नेकपा (एमाले) लहान नगर कमि ...

मधेशमा सरोजकुमार याद ...

सिरहा । मधेश प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता सर ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A