लहानका मेयरलाई जेन–जी संगठनको ध्यानाकर्षणपत्र, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग

  • असोज २७, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र प्रशासनिक पारदर्शिता सुनिश्चित गर्न जेन–जी संगठन–लहानले सोमबार लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको छ। संगठनले देशव्यापी जेन–जी आन्दोलनको भावना अनुरूप स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको अभ्यास हुनुपर्ने माग राखेको हो।

ध्यानाकर्षणपत्रमा गत भदौ २३ र २४ गते भएको ऐतिहासिक जेन–जी आन्दोलनले शासन परिवर्तनसम्मको परिस्थिति निर्माण गरे पनि आन्दोलनका मुख्य मागहरू अझै कार्यान्वयनमा नआएको कारण संघर्ष निरन्तर जारी रहेको जनाइएको छ।

संगठनले लहान नगरपालिकामा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, अपारदर्शिता र गैरजिम्मेवार प्रशासनिक अभ्यासका विरुद्ध तत्काल सुधारको माग गर्दै नौ बुँदे मागपत्र पेश गरेको हो।

जेन–जी संगठनले राखेका प्रमुख मागहरूमा सहिद विजय चौधरी परिवारसँग नगर प्रमुखले गरेको मौखिक वाचा लिखित रूपमा प्रतिवद्धता जनाई पूरा गर्नुपर्ने, नेपाल सरकारको अस्थायी तथा करार नियुक्ति रोक्ने निर्णयलाई तत्काल कार्यान्वयन गर्नुपर्ने र हालका अस्थायी–करार कर्मचारीहरूको विवरण २ दिनभित्र नगरपालिकाको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, प्रत्येक वडामा नियमित सरसफाई र दिपावलीअघि पोलमा बत्ती जडान गर्नुपर्ने, विकासका कार्यहरू पारदर्शी बनाउनुपर्ने र अनुगमनमा जेन–जी प्रतिनिधि समावेश गर्नुपर्ने माग गरिएको छ।

अन्य मागहरूमा झण्डा पार्कको सौन्दर्यकरण, तरकारी बजार र सडकपेटी व्यवस्थापन, नगरभित्रका पर्यटकीय स्थलहरूको संरक्षण, मेयर र उपमेयरसहित कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनमा नियन्त्रण, बस पार्क सञ्चालनमा ल्याउने, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयका समस्या तत्काल समाधान गर्नुपर्ने लगायतका विषय समावेश छन्।

संगठनले ध्यानाकर्षणपत्रमार्फत भनेको छ, 'नगरपालिकाले माथि उल्लेखित मागहरू कार्यान्वयनको अवस्थाबारे वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी दिनु पर्नेछ। मागहरू वेवास्ता गरिएमा लहानका जेन–जी युवाहरू सशक्त आन्दोलनमा उत्रिनेछन्।'

जेन–जी संगठनका प्रतिनिधिहरूद्वारा हस्ताक्षरित सो ध्यानाकर्षणपत्र बुझाउँदै लहान नगरपालिकामा पारदर्शिता, जवाफदेहिता र सुशासनको अभ्यास नगरेसम्म युवा आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

FB_IMG_1760351600982

FB_IMG_1760351607964 1

लिटिल स्टार स्कुलका ...

फिरोज सिद्दिकी  लहान । लिटिल स्टार सेकेन्डरी स्कु ...

नेपाल प्रिमियर लिगमा ...

काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइ ...

नेकपा (एमाले) लाहानद ...

फिरोज सिद्दिकी लहान, सिरहा। नेकपा (एमाले) लहान नगर कमि ...

मधेशमा सरोजकुमार याद ...

सिरहा । मधेश प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता सर ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A