जीवछ उदासी
लहान,मङ्सिर २६ गते
लहान सिटी जेसिसले सन २०२५ को सप्ताहिक विविध कार्यक्रम अन्तर्गत माध्यमिक विद्यालय स्तरीय वकृत्वकला लहान स्थित जेएस मुरारका बहुमुखी क्यामप्समा सम्पन्न भएको छ ।
आयोजना गरिएको वक्तृत्वकलामा जेएस मुरारका माधयमिक विद्यालयका घात्र राधा साह प्रथम भएकी छिन् । यसैगरी लर्ड बुध माध्यमिक विद्यालयका रुपेश कुमार यादव एभरेष्ट माभ्यमिक विद्यालयका आकृति साह तृतीय एलएमसीका विजया यादव चतुर्थ स्थान हासिल गरेका छन् । प्रतियोगितामा दसजना विधार्थीहरु सहभागिता जनाएका थिए ।
प्रथम द्धितिय तृतीय र चतुर्थ स्थान हासिल गरेका विधार्थीहरुलाई डायरी क्यालकुलेटर,सामान्य ज्ञानबाट पुरस्कृत गरेका छन् । लहान सिटी जेसिका संस्थापक अध्यक्ष बसन्त साहले प्रत्येक वर्ष वक्तृत्वकलामा लाग्ने पुरस्कार व्यवस्था गरेर आयोजना गरिरहेकेोले उहाँको नामबाट वसन्त वक्तृतवकला नमाकरण गरिएको हो ।
शासन व्यक्तिको होइन,विधिको हुनुपर्छ व्यक्तित्व र नेतृत्वको लागि लहान सिटी जेसिसले जन जागरण कार्यक्रम गर्दै आइ रहेको छ । सन २०२५ को अध्यक्ष देवनलाल ठाकुरको कार्यकाल सकिन लाग्दा सप्ताव्यापी कार्यक्रम आयोजना भइ रहेको छ ।
लहानमा सामुदायिक क्याम्पस जेएस मुरारका क्याम्पस लहान र अन्य प्राइभेट क्लेजहरु मिलेर गुणस्तरीय शिक्षाको लागि अतिरिक्त क्रियाकलमपहरुमा जोड दिएर विधार्थी पलायन रोक्न साझाा नीति बनाउनुपर्नेमा वक्ताहरुले जोड दिनु भएको थियो ।
कार्यक्रममा एभरेष्ट माध्यमिक विद्यालयको तर्फबाट संस्थापक प्रिन्सिपल धरणीधर अधिकारी जेएस मुरारका क्याम्पसका प्रमुख सञ्जय चौधरी जेएस म्ुरारका माध्यमिक विद्यालयका अध्यक्ष जीवछ यादव स्वतन्त्र विधार्थी युनियनका सभापति रोहित राउत माध्यमिक विद्यालयका संयोजक कन्हैया भटले शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा लहान सिटी जेसिसका पूर्व अध्यक्षहरु शङकर प्रसाद गुप्ता,दिपेन्द्रराज सिंह,वर्तमान कार्यसमितिका उपाध्यक्ष शशिशेखर यादव शैलेन्द्र साह विवेक दास बमचन्द्र चौधरी लगायतका उपस्थिति रहेको थिए ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A