प्रत्यक्षतर्फ जसपा नेपालद्वारा सत्यनारायण यादवको एकल नाम सिफारिस

  • पुस १, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,पुस १ गते 

सिरहा क्षेत्र नम्बर १ बाट जनता समसवादी पार्टी नेपालले प्रत्यक्षतर्फ सत्य नारायण यादवको एकल नाम सिफारिस गरेको छ ।क्षेत्रीय कमिटिको बैठक लहान १ स्थित गोपाल सेवा समितिमा बसेको बैठकले उहाँको एकल नाम सिफारिस गरेको छ । 

यसैगरी समानुपातिकतर्फ पूर्व बिना विभागीय मन्त्री राजलाल यादव,खडग नारायण चौधरी,जितेन्द्र प्रकाश महतो,भोला प्रसाद चौधरी र ललिता यादवको नाम सिफारिस गरिएको छ । 

IMG_20251216_154811

प्रत्यक्ष तर्फ सिफारिस हुनु भएको यादव मधेश आन्दोलनको समयमा नेकपा एमाले छाडेर तत्कालिन मधेशी जनअधिकार फोरम,पछि फोरम छाडेर नेकपा एकिकृत समाजवादी र केहि महिना अघि जनता समाजवादी पार्टीमा प्रवेश गर्नु भएको थियो । यसैगरी नेकपा माओवादी केन्द्र छाडेर जसपा नेपाल प्रवेश गर्नु भएको खडग नारायण चौधरीको नाम समानुपातिकमा सिफारिस गरिएको छ । 

 यता नेपाली काँग्रेस सिरहा १ बाट पद्म नारायण चौधरी राम सुन्दर चौधरीको नाम सिफारिस गरेको छ । सिरहा १ बाट नेकपा एमालेबाट राम शङकर यादव गङ्गा प्रसाद यादव र मुनि साह मध्ये एकजनाको नाम सिफारिस हुने चर्चा छ । नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व मन्त्री राम चन्द्र यादवको चर्चा छ । जेन्जीहरुको तर्फबाट नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदबारी दिइने चर्चा रहेको छ ‌। 

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A