सड्यन्त्रकारी र असक्षम निर्वाचन समिति खारेजको माग गर्दै लहानमा व्यवसायीहरूको विरोध प्रदर्शन

  • पुस २, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानका व्यवसायीहरूले संघको आगामी निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन्। सम्पूर्ण व्यवसायीहरूको सामूहिक आवाजका रूपमा आयोजित उक्त प्रदर्शनमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनको सुनिश्चितता गर्न माग गरिएको हो।

प्रदर्शनकारी व्यवसायीहरूले हालको निर्वाचन समिति सड्यन्त्रकारी र असक्षम भएको आरोप लगाउँदै तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्। उनीहरूले संघको विधान विपरीत निर्णयहरू लिइएको, उम्मेदवारी रद्द गरिएको तथा विधानको खुला उल्लङ्घन भएको दाबी गरेका छन्।

व्यवसायीहरूको मुख्य मागहरूमा जिल्ला उद्योग वाणिज्य संघको विधानको पूर्ण पालना, विधान विपरीत रद्द गरिएको उम्मेदवारी कायम गर्नुपर्ने तथा साधारण सभा र निर्वाचनका लागि तोकिएको मिति स्थगित गर्नुपर्ने रहेका छन्। उनीहरूका अनुसार वर्तमान अवस्थामा निर्वाचन गरिए संघमा थप विवाद र विभाजन उत्पन्न हुने खतरा रहेको छ।

विरोध प्रदर्शनका क्रममा अध्यक्ष पदका उम्मेदवार श्याम गुप्तले पनि आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचन प्रक्रियामा पारदर्शिता, निष्पक्षता र विधिको शासन अनिवार्य भएको बताए। उनले भने, 'यो कुनै व्यक्ति वा प्यानलको लडाइँ होइन, लहानको सम्पूर्ण व्यापारिक समुदायको अधिकार र भविष्यसँग जोडिएको विषय हो। विधान मिचेर गरिएको निर्वाचन हामीलाई स्वीकार्य छैन।'

प्रदर्शनमा सहभागी व्यवसायीहरूले आफूहरूको माग सुनुवाइ नभए संघर्षलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्। उनीहरूले जिल्ला उद्योग वाणिज्य संघलाई सबै व्यवसायीहरूको साझा संस्था बनाइराख्न निष्पक्ष निर्वाचन अपरिहार्य रहेकोमा जोड दिएका छन्।

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A