जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानको निर्वाचन विवाद टुंगियो, निर्वाचन पौष ७ गते हुने

  • पुस २, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान, पौष २ गते । जिल्ला उद्योग वाणिज्य संघ, सिरहा–लहानको ३५ औँ वार्षिक साधारण सभा तथा निर्वाचनसँग सम्बन्धित विषयमा उत्पन्न असहमति टुंगिएको छ। आज बुधबार जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानमा दुवै पक्षबीच भएको छलफलपछि सहमतिका आधारमा निर्वाचन सम्बन्धी विवाद समाधान गरिएको हो।

वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक रेमानीको संयोजकत्वमा सम्पन्न संयुक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, मधेस प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष पण्डित प्रसाद जैसवाल, जीतपुर–सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद शर्मा तथा गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय कुमार साहको उपस्थिति रहेको थियो।

बैठकले एसोसिएट्समा दर्ता भएका उम्मेदवारको हकमा दर्ता भइसकेको उम्मेदवारी कायम रहने निर्णय गरेको छ। साथै प्रस्तावक तथा समर्थकका रूपमा सोही उम्मेदवारी फाराममा थप एसोसिएट्स क्षेत्रका सदस्यहरूबाट सहीछाप गराई सदर गर्ने सहमति भएको छ।

यसैगरी निर्वाचन समितिमा दुवै पक्षबाट एक–एक जना सदस्य थप गर्ने, यसअघि पौष ५ गते तय गरिएको निर्वाचन मिति सारेर पौष ७ गते गर्ने निर्णय गरिएको छ। निर्वाचनसँग सम्बन्धित कुनै पनि मुद्दा परेमा दुवै पक्षले फिर्ता लिने तथा सौहार्दपूर्ण वातावरणमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

उपरोक्त निर्णयहरू आज हुने ३५ औँ वार्षिक साधारण सभाको बन्द सत्रबाट अनुमोदन गराइने पनि सहमति भएको छ। उक्त सहमतिमा अध्यक्ष पदका उम्मेदवारद्वय प्रदिप कुमार गुप्त र श्याम गुप्ताले पूर्ण समर्थन जनाएका छन्। सहमतिको यस निर्णयसँगै जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानको निर्वाचन प्रक्रिया सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

FB_IMG_1765970338338

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A