कांग्रेसभित्र शक्ति संघर्ष, तनावमा प्रधानमन्त्री ‘प्रचण्ड’

  • पुष ३, २०८०
  • समृद्धिपथ

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालन गरेको एक वर्ष पुग्दा उनकै पार्टी माओवादी केन्द्र र प्रमुख साझेदार दल नेपाली कांग्रेसभित्र आन्तरिक विवादहरू उत्पन्न भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गुट र नयाँ मन्त्री बन्ने आकांक्षीको व्यवस्थापन मिलाउन चुनौतीपूर्ण छ । साथै, पार्टीभित्रै प्रतिपक्षीको भूमिकामा रहेका शेखर कोइराला समूहबाट उत्तिकै चुनौती सिर्जना भएको छ ।

कोइरालाले संसदीय दलको नेताबाट देउवालाई हटाएर आफु प्रधानमन्त्री बन्ने दाउ हेरिरहेका छन् । तर, त्यो अहिले त्यति सम्भव नभएपनि देउवालाई साइजमा ल्याउने र आफू अनुकूल पार्टी चलाउने वातावरण बनाउँदैछन् । पछिल्ला दिनमा प्रधानमन्त्री प्रचण्ड राजनीतिक रूपमा अप्ठ्यारोमा देखिन्छन् । उनले पार्टीभित्र दरिलो साथ पाएका छैनन ।

राजनीतिक सल्लाहकार हरिबोल गजुुरेलले पनि विधिको कुरा उठाउँदै राजीनामा दिएर बाहिरिएका छन् । बालुवाटारभित्रै सचिवालयका व्यक्तिहरूमाथि एनसेल प्रकरणमा जोडिएको आरोप लागेको छ ।

त्यसमाथि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सरकारको विकल्प खोज्नुपर्ने सार्वजनिक अभिव्यक्तिमा लागेका छन् । त्यसले पनि प्रचण्डलाई सरकारमा बसेर काम गर्न असर गरिरहेको छ, अर्कातिर निर्णयहरू पनि विवादित हुने अवस्था सिर्जना गरेको छ ।

आफ्नै दलको भद्रगोल व्यवस्थापन गर्न नसकेका प्रचण्डका लागि सत्ता गठबन्धनका दलहरूको आन्तरिक किचलो मिलाउन सकस हुने नै भयो । कोशी प्रदेशको सरकार गठनकै क्रममा सत्ता गठबन्धनका दलभित्रको किचलो कुन हदसम्म प्रकट हुन्छ भन्ने सन्देश प्रवाहित गरिसकेको अवस्थामा पछिल्ला गतिविधिले पनि झन सशंकित बनाएको छ ।

लामो सयमदेखि नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बसिरहेको छ । पछिल्लो पटक शेखर कोइराला र गगन थापा समूहमा विभाजित भएपनि देउवा र सरकारलाई हेर्ने दृष्टिकोणमा समान धारणा बनाउदै शेखर–गगन एकढिक्का रहेको सन्देश दिने प्रयास गरिएको छ ।

समूहका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आफूहरूबीच दृष्टिकोण एकै रहेको बताएका छन् । जसले गर्दा कांग्रेसभित्र देउवा र सो समूह दबाबमा रहेको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा विभिन्न समूहबाट आएका नेताहरू मिलेर बनेको यो समूहले १५औँ महाधिवेशनमा पनि एकै रहनेगरी देउवालाई संकेत गरेपछि सरकारको नेतृत्व दिने वा पार्टीको नेतृत्व दिने भन्नेबारेमा पार्टी कार्यकर्तामा पनि मतविभाजन भएको छ ।

१४औँ महाधविशेनमा सभापतिको उम्मेदवार बनेर शेरबहादुर देउवासँग पराजित भएका नेता डा. शेखर कोइराला १५औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । महामन्त्री थापाले सभापतिको उम्मेदवार बन्ने नबन्नेबारेमा बोलेका छैनन् ।

तर, यी दुवै नेताहरूले देउवा समूहलाई पाखा लगाउन खोज्दा त्यसको असर गठबन्धन सरकारमा पर्ने देखिएको छ । उनीहरूले लगातार सरकारको विरोध गरिरहेका छन् ।

संसदीय दलको नेता परिवर्तन गरेमात्रै सरकारको नेतृत्व लिन सकिने बुुझेको सो समूहले बहुमत पुर्याउन संस्थापन समूहको मत तान्नुपर्ने हुन्छ । त्यसको प्रयासमा शेखर छन् । समूह एक राख्न र ५० प्रतिशत बढी मत पु¥याउन आफूसँग भएको ४० प्रतिशतबाट थप मिहिनेत गर्न शेखर लागिपरेका छन् ।

१५औँ महाधिवेशन आउन कम्तीमा २ वर्ष बाँकी रहे पनि नेताहरूका गतिविधि महाधिवेशनलाई ध्यानमा राखेर हुने गरेका छन् । सभापति देउवा कांग्रेसको विधानले दुईपटकभन्दा बढी लगातार सभापति हुन नपाउने व्यवस्था गरेकाले उनी १५औँमा उम्मेदवार नहुने पक्का छ । तर, उनले कसलाई आशिर्वाद दिन्छन् चासोको विषय बनेको छ ।

अहिले सभापति देउवा केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढी शक्ति होल्ड गर्छन् । गुटबाट पार्टीमा बलियो प्रभाव पारेका देउवाको समर्थनले पार्टीको भावी नेतृत्वमा प्रभाव पार्छ । त्यसैले देउवाले जसलाई धाप मार्छन् उसैले पार्टी नेतृत्व पाउने सम्भावना बलियो छ । उनको समर्थनबिना सभापति बन्न पापड बेल्नुपर्ने अहिलेसम्मको स्थिति छ ।

देउवाले पत्नी आरजु राणा देउवाको राजनीतिक स्थापना खोजेका छन् । सोही मेसोमा अहिले महिला नेतृत्व स्थापित गराउन पदाधिकारीमा महिला महामन्त्री वा महिला उपसभापति वा दुवै रहने बहस भइरहेको छ । महामन्त्री वा उपसभापति महिला हुनुपर्ने व्यवस्था भए देउवाले आरजुलाई अगाडि ल्याउन सक्ने नेताहरू बताउँछन् ।

जसले आरजुसहितको समूहलाई स्थापित हुने गरी व्यवस्थापन गर्छ, उसैलाई देउवाले समर्थन गर्ने नेताहरू बताउँछन् । आफूपछि ठाडो रूपमा आरजुलाई पार्टी नेतृत्वमा स्थापित गराउन भने देउवाले नचाहेको उनीनिकट नेताहरू बताउँछन् ।

संस्थापनइतर समूहका नेता भए पनि शेखरलाई देउवाको समर्थन हुने सम्भावना छ । नोना कोइराला पुत्र शेखरलाई देउवाले कोइराला परिवारमा नेतृत्व हस्तान्तरण गर्न सक्नेतर्फ पूर्णबहादुर खडकाहरू सशंकित रहेका छन् ।

हालका महामन्त्री गगन थापा युवापुस्ताका राजनीतिज्ञ हुन् । समकालीन नेताहरूमा थापा अन्य परम्परागत पार्टी र कांग्रेसमा अलि अघि नै छन्् । तर, उनलाई तत्कालै कांग्रेसको नेतृत्वले पत्याउने अवस्था देखिदैन । थापा पार्टीको शीर्ष स्थानमा उक्लिए पार्टीभित्र सत्ताको आस गरेका धेरै नेताहरूले भविष्य देख्ने छैनन् ।

यस्तो अवस्थामा थापाले अवसर पाउने सम्भावना कम रहन्छ । पार्टी उपसभाति रहेका खड्का सभापतिका स्वभाविक आकांक्षी हुन् नै । यसै साता नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता बालकृष्ण खाण छुुटेका छन् ।

खाण छुुटेलगत्तै प्रचण्डकी नातिनीको बिहेमा पुुगेका थिए । उनले आफ्ना कारण अहिलेको सरकार ढल्दैन है भन्ने सन्देश दिन त्यहाँ गएको बताइएको छ । यद्यपि, उनको साथले शेखर समूह देउवाबाट संसदीय दलको नेता खोस्ने दाउमा छन् । खाणलाई भेट्न शेखर केन्द्रीय कारागारमा पनि पुुगेका थिए । शेखरले खाणको बचाउमा समेत धारणा राखेका थिए ।

त्यसकारण जेलबाट छुटेपछि खाण स्वभाविक रुपमा शेखरलाई साथ दिन सक्ने आँकलन गरिएको छ । उनको प्रभाव पार्टीभित्र छ । केन्द्रीय समिति बैठकमा समेत खाणलाई राज्यले फसायो भन्ने आवाज बुुलन्द नै भएको थियो । पार्टीभित्र एक शक्ति रहेका खाणको ‘पब्लिक इमेज’ ड्यामेज भयो भनेर चुपचाप बस्ने अवस्था देखिदैन ।

खाण अहिलेको सरकारप्रति सकारात्मक देखिँदैनन् । प्रचण्ड र नारायणकाजी श्रेष्ठकै बलमा उनी पक्राउ परेको हो भन्ने स्पष्ट थाहा छ । तर, उनी अहिले मौन रहेका छन् । देउवालाई थाहै नदिएर देउवाका सारथि पक्राउ पर्दा नारायणकाजी श्रेष्ठको गृहमन्त्री पद नै धरापमा परेको थियो । पछि प्रहरी सरुवा गरिदिएर देउवालाई थामथुुम पारिएको थियो । जसले गर्दा अहिलेको सरकारप्रति खाण र उनको समूहले रुष्ट छ ।

त्यसकारण पनि प्रचण्डले पछिल्लो पटक कांग्रेसका कतिपय मन्त्रीहरूको काम कारबाही ठीक भएन, सरकारलाई असहयोग भयो भन्दै आलोचना गरिरहेका छन् ।

-दृष्टि न्यूजबाट

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A