एक शौचालय हस्तान्तरण अर्को निर्माण कार्यको शुभारम्भ

  • मंसिर ४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,लहान नगरपालिका विकन परियोजना अन्तर्गत वाटरएडको सहयोग र दलित जनकल्याण युवा क्लवको सक्रियतामा विहिबार लहान ११ पडरियामा दलित बस्तीमा लहान नगरप्रमुख मुनि साह सुँडलिे निर्मित आधुनिक शौचालय एक कार्यक्रमकोबीच विहान हस्तान्तरण गर्नु भएको छ । दिउसो खुटी खोलाको डिलमा लहान ४,५, र ६ नम्बरका गरवि दलितहरुले प्रयोग गर्ने उद्येश्यले अर्को शौचालय निर्माणको शुभारम्भ उहाँले गर्नु भएको छ ।

लहान ११ पडरियामा पासमान र सदाय समुदायका ३० घर परिवारको लागि २८ लाखभन्दा बढीको लागितमा निर्मित शौचालयले खुल्ला दिसामुक्त अभियानबाट पूर्ण सरसफाइको लागि बाटो खोलि दिएको प्रमुख साहले बताउनुभयो ।

bihan beluka shauchalay news 4 mansir.2 photo

उहाँले भन्नुभयो,वाटरएडले लहानको खानेपानी र शौचालय निर्माणमा गरेको सहयोग सराहनीय रहेको छ । पडरियामा एकिकृत बस्ती निर्माण अन्तर्गत १२ घर परिवारको लागि पक्की भवन निर्माण नगरपालिकाले गरी दिएको छ भने पडरियाकै ३० दलित समुदायको लागि आधुनिक शौचालय निर्माण गरेको छ । क्रमशः यस अभियानलाई नगरपालिकाको २४ वटै वडामा विस्तार गरिने उद्येश्य नगरपालिकाले लिएको छ ।

bihan beluka shauchalay news 4 mansir.photo 4

कार्यक्रममा नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीले अरु ठाँउमा भ्रमणमा गएपछि देखेको आधुनिक शौचालय निर्माण यस वडामा गरेर लहानको सरसफाइलाई व्यवस्थित गर्ने अभियानलाई अगाडि बढाएको प्रष्टयाउनुभयो ।

bihan beluka shauchalay news 4 mansir.photo 5
नेकपा प्रदेश २ का सदस्य राजेन्द्र प्रसाद चौधरीले लहान नगरपालिकाले बाटरएडको सहयोग र दलित जनकल्याण युवा क्लवको अगुवाईमा आधुनिक शौचालय निर्माण गरेर साँचो हस्तान्तरण गरेपछि उपभोक्ता दलित समुदायहरुले संरक्षण र रेखदेखमा ध्यान दिनुपर्ने सचेत गराउनुभयो ।

 

वाटरएडको निर्देशक महेश ढुङगानाले परियोजनाले शौचालय निर्माणको कार्य थालेपछि स्थानीयहरुबाट साकारात्मक सहयोग भएको भन्दै शौचालय हस्तान्तरण भएको आजैको मितिदेखि मन्दिर जस्तो सरसफाई गर्न सबैले ध्यान दिन सबैमा आग्रह गर्नुभयो ।

वडानम्बर ११ का वडाध्यक्ष राज कुमार साहले यस वडाको लागि दलित बस्ती निर्माण र आधुनिक शौचालय निर्माण नमूना कार्य मात्रै होइन गौरव गर्न लायकको काम भएकोमा यस कार्यको लागि लहान नगरपालिका सहयोग गर्ने गैर सरकारी संघ संस्थाहरु मुरीमुरी धन्यवादको पात्र भएको हर्ष व्यक्त गर्नुभयो ।

shauchalay news. photocapsion jibachh lahan

दलित जनकल्याण युवा क्लवका निर्देशक विनोद बिसुन्केले दलित समुदायको शिक्षा स्वास्थ्य र आत्म निर्भर बनाउन दलित जनकल्याण युवा क्लवले काम गर्दै आइरहेको स्मरण गराउदै लहान नगरपालिकाका दलित बस्तीहरुमा विकन परियोजना अन्तर्गत शौचालय निर्माण कार्यलाई अघि बढाएको बताउनुभयो ।


दिउसो जथाभावी दिसापिसाव नगरौ, आफ्नो घर वरपर सफा राखौ छठको पूजा स्थल खुटी खोला सफा राखौ मूल नाराको साथ सुलभ शौचालय निर्माण कार्य खुटी खोलको पश्चिमी किनारा लहान ५ शिव चौकमा शौचलय निर्माण कार्यको शुभारम्भ गर्दै नगरप्रमुख साहले विदेश भ्रमणको क्रममा मलेसियाको क्वाललमपुर देखिएको सुलभ शौचालय कार्यक्रमलाई लहान नगरपालिकामा समेत व्यवहारमा ल्याउन लागेको धारणा राख्नुभयो ।

bihan beluka shauchalay news 4 mansir.photo 6

वडा नम्वर ५ का वडाध्यक्ष सुलेमान अन्सारी मियाँले खुटी खोलालाई सुफा राख्न खुलला दिसा नगर्न स्थानीबासीहरुसँग आग्रह गर्नुभयो ।

 

 

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A