अपराध

    Showing १-१० of ५५ items.
  • इभी हाइस गाडीमा आगजनी, लहानका मेयर र प्रहरी प्रशासनप्रति कडा आपत्ति

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिका–२ निवासी नेकपा एमाले लहान नगर कमिटी सदस्य तथा ११औँ महाधिवेशन सिराहा क्षेत्र नं. १ का युवा प्रतिनिधि जितेन्द्र यादवको इलेक्ट्रिक भ्यान (EV) हाइस गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। घटना सोमबार राति करिब ११:१५ बजे भएको हो। पार्किङ गरिएको अवस्थामा रहेको गाडीमा आगजनी भएपछि नियन्त्रणका लागि लहान नगरपालिकामा पटक–पटक आग्रह गरिए पनि नगरपालिकाले आगो निभाउने गाडी नपठाएको एमालेले आरोप लगाएको छ। पछि गाेलबजारबाट दमकल आएर आगो नियन्त्रणमा लिइएको थियो। घटनास्थल नजिकै रहेको प्रहरी कार्यालयबाट भने करिब पाँच मिनेटको दूरी हुँदा पनि प्रहरी आधा घण्टा ढिलोगरी पुगेक

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • ३५४ पटक पढिएको
    • समृद्धिपथ
  • अपहरणपछि किशोरको हत्या, प्रहरीले भन्यो– ‘अनुसन्धान जारी’

    सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरणमा परेका १७ वर्षीय अभिषेक महतो मृत फेला परेका छन्। प्रहरीका अनुसार मंगलबार बिहान घरबाट करिब एक सय मिटर पूर्वस्थित आँपको बगैचामा उनको शव भेटिएको हो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार हातखुट्टा बाँधिएको र शरीरमा एसिड खन्याइएको अवस्थामा शव फेला परेको हो। अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकमा हिँड्न गएका थिए। तर उनी घर फर्किएनन्। परिवारले रातभर खोजी गरे पनि नपाएपछि सोमबार बिहान प्रहरीले निवेदन दर्ता गरेको थियो। सोमबार बिहानै अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलमा ‘इमो’मार्फत पा

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ४३० पटक पढिएको
    • समृद्धिपथ
  • जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने दुई पक्राउ

    जनकपुरधाम । जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेज विश्लेषण गरी सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट लुटिएको एसएलआर राइफल फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार भदौ २४ गते बेलुका करिब ७ बजे मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा आन्दोलनकारीहरूले प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। घटनामा सुरक्षामा खटिएका प्रहरीको एसएलआर राइफल एक थान र त्यस

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ५२० पटक पढिएको
    • समृद्धिपथ
  • धनगढीमाईमा एक सातामा आधा दर्जन आपराधिक घटना: नेकपा एमाले सिराहाद्वारा कडा आपत्ति

    फिरोज सिद्दिकी  सिरहा, साउन १४ गते । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाभित्र इलाका प्रहरी कार्यालयको ५०० मिटर वरिपरिको क्षेत्रमा एक साताको अवधिमा हत्या, हिंसा, आगजनी, लुटपाट लगायतका आधा दर्जन जति आपराधिक घटनाहरू भएपछि स्थानीयबासी त्रसित बनेका छन् । यस्तै घटनाहरू प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सिरहाले गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएका हुन्। एमाले जिल्ला कमिटीका अनुसार पछिल्लो समय धनगढीमाई क्षेत्रमा घटेका यस्ता जघन्य घटनाहरूले कानून–व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्ता घटनाहरू अत्यन्तै दुःखद, निन्दनीय र

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ९२२ पटक पढिएको
    • समृद्धिपथ
  • कारागारभित्रको तनाव : सिराहा जेलमा सर्च अपरेसनपछि कैदीबन्दीबीच झडप, १३ घाइते

    समृद्धिपथ दैनिक सिराहा, असार ४ गते । सिराहा जिल्लाको सदरमुकामस्थित कारागारमा आइतबार अपराह्न ३:३० बजेतिर एक अप्रत्याशित घटना घट्यो, कैदीबन्दीहरू आपसमा दोहोरो झडपमा उत्रिए, जसमा १३ जना घाइते भए। यो सामान्य झडप मात्र थिएन, यो घटनाले कारागारभित्रको लुकेको संरचना, असन्तुष्टि र प्रशासनिक कमजोरीलाई उजागर गरिदिएको छ। घटनापछि जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सक्रिय भए। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार घाइतेलाई तुरुन्तै प्रादेशिक अस्पताल सिराहा पुर्‍याइएको छ र अवस्था सामान्य रहेको जनाइएको छ। तर यो झडपको जरा कहाँ गाडिएको थियो? शनिबार बिहान जिल्ला प्रशासनको नेतृत्व

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ६६६ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ

    काठमाडौं, साउन ४ गते । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार अदालतले झालाई पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। चार महिनाअघि एक किशोरीले झामाथि यौन शोषणको उजुरी दर्ता गरेकी थिइन्। उजुरीमा झाले विभिन्न प्रलोभन र आश्वासन देखाउँदै आफूलाई यौन शोषण गरेको पीडितको दाबी छ। उजुरी परेपछि झा फरार रहेका थिए। प्रहरीका अनुसार उनीमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ र अनुस

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ६७६ पटक पढिएको
    • समृद्धिपथ
  • लागुऔषधसहित दुई जना पक्राउ, ब्राउन सुगर, लाखौं नगद र सुन जफत

    लहान, असर २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ११ पडरिया टोलमा लागुऔषध ब्राउन सुगरको कारोवार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट संयुक्त रुपमा खटिएको विशेष टोलीले बिहीबार साँझ ४:१५ बजेतिर मिथलेश कुमार चौधरीको घरमा छापा मारेर लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान–११ बस्ने २८ वर्षीय मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन्। मिथलेशको साथबाट प्लास्टिकसहित खैरो हेरोइन (ब्राउन सुगर) ११३.९१ ग्राम (प्लास्टिक बाहेक १०९ ग्राम

    • प्रकाशित मितिः असार २०, २०८२
    • ५९० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको अर्नमा–१ मा युवकको हत्या, घर अगाडि शव फेला

    १४ असार, सिराहा । सिरहाको अर्नमा गाउँपालिका–१ मा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय रामसेवक महराका ३० वर्षीय छोरा अजय महरा शनिबार बिहान आफ्नै घर अगाडि मृत भेटिएको हो। प्राथमिक अनुसन्धान अनुसार अजयलाई कुटपिट गरी घिसारिएको र त्यसपछि घाँटीमा लुगा बेरिएको अवस्थामा मृत फेला परेका स्थानीयले बताएका छन्। शवको अवस्था हेर्दा उनको हत्या योजनाबद्ध रुपमा गरिएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थलमा स्थानीयको ठूलो भिड लागेको छ भने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरीको टोली पुगेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डि

    • प्रकाशित मितिः असार १४, २०८२
    • ६३२ पटक पढिएको
    • समृद्धिपथ
  • सीमावर्ती क्षेत्रमा पुनः सक्रिय हुँदै लागुऔषध कारोबारी, २४ घण्टामा स्रोत नखुलेको ७१ लाखसहित पाँच पक्राउ

    सिरहा, जेठ ४ । भारतसँग सीमा जोडिएको सिरहा जिल्लामा पुनः लागुऔषध कारोबार र स्रोत नखुलेको नगद ओसारपसारमा संलग्न गिरोह सक्रिय भएको देखिएको छ। पछिल्ला २४ घण्टामा प्रहरीले तीन फरक घटनाबाट स्रोत नखुलेको ७१ लाखभन्दा बढी नगद र खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। सबै घटना सीमावर्ती क्षेत्र वरपर र भित्री सडकमार्गमा भएका हुन्, जसले नेपाल-भारत खुला सीमाको दुरुपयोग गरी आपराधिक गतिविधि मौलाउँदै गएको संकेत गर्छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्रकुमार पाशवानका अनुसार पक्राउ परेकामध्ये एकजनाले यसअघि पनि लागुऔषध कारोबारकै अभियोगमा जेल सजाय भोगिसकेका थिए। शनिबार सा

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ५०१ पटक पढिएको
    • समृद्धिपथ
  • तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईसहित थप दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेका दुर्गा प्रसाद प्रसाई र दिपक खड्का पक्राउ परेका छन्।  झापा जिल्लाको भद्रपुरबाट पक्राउ गरिएका यी दुई व्यक्तिमाथि काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ। २०७८ सालको चैत १५ गते 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महा अभियान नेपाल'ले दुर्गा प्रसाद प्रसाईको नेतृत्वमा आयोजना गरेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो। प्रहरीले जनाए अनुसार, सो प्रदर्शनमा सहभागी समर्थकहरुलाई उत्तेजित पार्दै निष

    • प्रकाशित मितिः चैत २९, २०८१
    • ६१८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A