अपराध

    Showing १-१० of ५९ items.
  • कोप्चे डाँडाको जंगलबाट भरुवा बन्दुक बरामद

    सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित कोप्चे डाँडाको जंगलबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको छ बिहीबार राति इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा खोजतलास गर्दा जंगलमा बेवारिसे अवस्थामा राखिएको एक नाले भरुवा बन्दुक फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भदौ २५ गते राति मिर्चैया–७, कटारी जाने ग्राभेल सडकको पश्चिमतर्फ रहेको कोप्चे डाँडा क्षेत्रमा शंकास्पद व्यक्तिहरू भरुवा बन्दुकजस्तो देखिने हतियार बोकेर हिँडिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। प्रहरीले बरामद हतियारलाई कानुनबमोजिम नियन्त्रणमा लिएर इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • २१६ पटक पढिएको
    • समृद्धिपथ
  • २६ लाखभन्दा बढीको अवैद्य सामान बरामद

        जीवछ उदासी  लहान भदौ १ गते  नेपाल भारत सीमा क्षेत्रमा रहेको विभिन्न नाकाबाट अवैद्य रुपमा भित्र्याइरहेका सामानहरु सशस्त्र प्रहरीले बरामद गरेका छन् ।   किराना ,हार्डवेयर,पेय पदार्थ,सवारी साधन र इलोक्ट्रोनिक्स सामानहरु २६ लाख २९ हजार ९९३ मूल्यको रहेको सशस्त्र प्रहरीवल नेपाल नम्वर ७ गण सिरहाले जनाएको छ ।  आज भदौ १ गते बरामद गरिएको सामानहरु माडर भन्सार कार्यालय सिरहामा दाखिल गरिएको नम्वर ७ गणका उपरीक्षक सुमनजङग थापाले बताउनुभयो ।‌नेपाल भारत खुल्ला सीमानामा हुने चोरी निकासी र अवैद्य सामानहरु ४७ किलोमिटर सिरहाको सीमा क्षेत्रमा भएकै स्रोत साधन र प्रह

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १,०५३ पटक पढिएको
    • समृद्धिपथ
  • आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित रंगेहात पक्राउ

    फिरोज सिद्दिकी  लहान, साउन ७ गते । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालय परिसरमै पाललाई घुस रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले अडिट प्रक्रिया अगाडि बढाइदिन पाँच लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ। स्रोतका अनुसार पालले आफूभन्दा माथिका कर अध

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ४५५ पटक पढिएको
    • समृद्धिपथ
  • डकैतीमा संलग्न चार जना हतियारसहित पक्राउ

    सिरहा, १० फागुन । गोली प्रहार गरी डकैती गर्ने घटनामा संलग्न चार जनालाई हतियार तथा लागुऔषधसहित सिरहा प्रहरीले पक्राउ गरेका छन्। अनुसन्धानका क्रममा पक्राउ पर्नेमा लहानका लाल मोहमद अन्सारी, मोहमद गुलाब अन्सारी, मो. एकवाल मियाँ र अमरप्रकाश पासवान रहेको जनाएका हुन्। जिल्ला प्रहरी कार्यालय सिराहाले प्रेस विज्ञप्ति जारी गर्दै जनाए अनुसार २०८२ मंसिर ३ गते राति सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीस्थित भोला महतोको घरमा ८/१० जना नकाबधारी व्यक्तिहरूले प्रवेश गरी ज्यान मार्ने धम्की दिँदै करिब १ तोला सुन, ९६ तोला चाँदी, मोबाइल र ड्रोन क्यामेरा लगायत करिब ६ लाख रुपैयाँ बराबरको धनमाल लुटेर फरार

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • ५०९ पटक पढिएको
    • समृद्धिपथ
  • इभी हाइस गाडीमा आगजनी, लहानका मेयर र प्रहरी प्रशासनप्रति कडा आपत्ति

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिका–२ निवासी नेकपा एमाले लहान नगर कमिटी सदस्य तथा ११औँ महाधिवेशन सिराहा क्षेत्र नं. १ का युवा प्रतिनिधि जितेन्द्र यादवको इलेक्ट्रिक भ्यान (EV) हाइस गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। घटना सोमबार राति करिब ११:१५ बजे भएको हो। पार्किङ गरिएको अवस्थामा रहेको गाडीमा आगजनी भएपछि नियन्त्रणका लागि लहान नगरपालिकामा पटक–पटक आग्रह गरिए पनि नगरपालिकाले आगो निभाउने गाडी नपठाएको एमालेले आरोप लगाएको छ। पछि गाेलबजारबाट दमकल आएर आगो नियन्त्रणमा लिइएको थियो। घटनास्थल नजिकै रहेको प्रहरी कार्यालयबाट भने करिब पाँच मिनेटको दूरी हुँदा पनि प्रहरी आधा घण्टा ढिलोगरी पुगेक

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • ७१९ पटक पढिएको
    • समृद्धिपथ
  • अपहरणपछि किशोरको हत्या, प्रहरीले भन्यो– ‘अनुसन्धान जारी’

    सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरणमा परेका १७ वर्षीय अभिषेक महतो मृत फेला परेका छन्। प्रहरीका अनुसार मंगलबार बिहान घरबाट करिब एक सय मिटर पूर्वस्थित आँपको बगैचामा उनको शव भेटिएको हो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार हातखुट्टा बाँधिएको र शरीरमा एसिड खन्याइएको अवस्थामा शव फेला परेको हो। अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकमा हिँड्न गएका थिए। तर उनी घर फर्किएनन्। परिवारले रातभर खोजी गरे पनि नपाएपछि सोमबार बिहान प्रहरीले निवेदन दर्ता गरेको थियो। सोमबार बिहानै अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलमा ‘इमो’मार्फत पा

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ७३७ पटक पढिएको
    • समृद्धिपथ
  • जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने दुई पक्राउ

    जनकपुरधाम । जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेज विश्लेषण गरी सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट लुटिएको एसएलआर राइफल फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार भदौ २४ गते बेलुका करिब ७ बजे मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा आन्दोलनकारीहरूले प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। घटनामा सुरक्षामा खटिएका प्रहरीको एसएलआर राइफल एक थान र त्यस

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ८२४ पटक पढिएको
    • समृद्धिपथ
  • धनगढीमाईमा एक सातामा आधा दर्जन आपराधिक घटना: नेकपा एमाले सिराहाद्वारा कडा आपत्ति

    फिरोज सिद्दिकी  सिरहा, साउन १४ गते । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाभित्र इलाका प्रहरी कार्यालयको ५०० मिटर वरिपरिको क्षेत्रमा एक साताको अवधिमा हत्या, हिंसा, आगजनी, लुटपाट लगायतका आधा दर्जन जति आपराधिक घटनाहरू भएपछि स्थानीयबासी त्रसित बनेका छन् । यस्तै घटनाहरू प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सिरहाले गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएका हुन्। एमाले जिल्ला कमिटीका अनुसार पछिल्लो समय धनगढीमाई क्षेत्रमा घटेका यस्ता जघन्य घटनाहरूले कानून–व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्ता घटनाहरू अत्यन्तै दुःखद, निन्दनीय र

    • प्रकाशित मितिः साउन १४, २०८२
    • १,१९० पटक पढिएको
    • समृद्धिपथ
  • कारागारभित्रको तनाव : सिराहा जेलमा सर्च अपरेसनपछि कैदीबन्दीबीच झडप, १३ घाइते

    समृद्धिपथ दैनिक सिराहा, असार ४ गते । सिराहा जिल्लाको सदरमुकामस्थित कारागारमा आइतबार अपराह्न ३:३० बजेतिर एक अप्रत्याशित घटना घट्यो, कैदीबन्दीहरू आपसमा दोहोरो झडपमा उत्रिए, जसमा १३ जना घाइते भए। यो सामान्य झडप मात्र थिएन, यो घटनाले कारागारभित्रको लुकेको संरचना, असन्तुष्टि र प्रशासनिक कमजोरीलाई उजागर गरिदिएको छ। घटनापछि जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सक्रिय भए। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार घाइतेलाई तुरुन्तै प्रादेशिक अस्पताल सिराहा पुर्‍याइएको छ र अवस्था सामान्य रहेको जनाइएको छ। तर यो झडपको जरा कहाँ गाडिएको थियो? शनिबार बिहान जिल्ला प्रशासनको नेतृत्व

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ८६३ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ

    काठमाडौं, साउन ४ गते । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार अदालतले झालाई पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। चार महिनाअघि एक किशोरीले झामाथि यौन शोषणको उजुरी दर्ता गरेकी थिइन्। उजुरीमा झाले विभिन्न प्रलोभन र आश्वासन देखाउँदै आफूलाई यौन शोषण गरेको पीडितको दाबी छ। उजुरी परेपछि झा फरार रहेका थिए। प्रहरीका अनुसार उनीमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ र अनुस

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ८३८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A