इभी हाइस गाडीमा आगजनी, लहानका मेयर र प्रहरी प्रशासनप्रति कडा आपत्ति

  • मंसिर १६, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरपालिका–२ निवासी नेकपा एमाले लहान नगर कमिटी सदस्य तथा ११औँ महाधिवेशन सिराहा क्षेत्र नं. १ का युवा प्रतिनिधि जितेन्द्र यादवको इलेक्ट्रिक भ्यान (EV) हाइस गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। घटना सोमबार राति करिब ११:१५ बजे भएको हो।

पार्किङ गरिएको अवस्थामा रहेको गाडीमा आगजनी भएपछि नियन्त्रणका लागि लहान नगरपालिकामा पटक–पटक आग्रह गरिए पनि नगरपालिकाले आगो निभाउने गाडी नपठाएको एमालेले आरोप लगाएको छ। पछि गाेलबजारबाट दमकल आएर आगो नियन्त्रणमा लिइएको थियो।

घटनास्थल नजिकै रहेको प्रहरी कार्यालयबाट भने करिब पाँच मिनेटको दूरी हुँदा पनि प्रहरी आधा घण्टा ढिलोगरी पुगेको भन्दै एमाले लहानले यसलाई ‘गैरजिम्मेवारीपनको पराकाष्ठा’ भनेको छ।

एमाले लहान नगर कमिटीका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मेयर महेशप्रसाद चौधरी तथा लहान प्रहरी प्रशासनले नागरिकको ज्यानधनको सुरक्षाप्रति उदासीनता देखाएको भन्दै कडा भर्त्सना गरिएको छ। साथै आगजनीमा संलग्न दोषीलाई तत्काल पत्ता लगाई कानुन बमोजिम कारबाही गर्न, पिडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

IMG-20251202-WA0000

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A