जनकपुरधाम–अयोध्या सीधा रेल सेवा उद्घाटन, नेपाल–भारत धार्मिक पर्यटनलाई नयाँ जोड

  • मंसिर ७, २०८३
  • समृद्धिपथ
alt

नयाँदिल्ली । नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित जनकपुरधाम–अयोध्या सीधा रेल सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको रेल सेवाको उद्घाटन गरेका हुन्।

रामायण सर्किटअन्तर्गत सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई जोड्ने यो रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

१७ डिब्बा रहेको उक्त रेल अयोध्या क्यान्ट स्टेसनबाट करिब एक हजार तीर्थयात्री बोकेर जनकपुरधामका लागि प्रस्थान गरेको छ। रेल मंगलबार बिहान करिब ९ बजे जनकपुरधाम रेल्वे स्टेसन पुग्ने तालिका छ। रेलको स्वागतका लागि जनकपुरधाममा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ।

जनकपुरधामदेखि अयोध्या क्यान्टसम्मको करिब ६०४ किलोमिटर दूरी पार गर्न रेललाई झन्डै १९ घण्टा लाग्नेछ। भारतको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै रेल सञ्चालन हुनेछ।

प्रस्तावित सञ्चालन तालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट र प्रत्येक सोमबार अयोध्याबाट रेल छुट्नेछ। नियमित व्यावसायिक सेवा भने नोभेम्बर २८ देखि सुरु हुने जनाइएको छ।

यो रेल सेवा सञ्चालनमा आएसँगै नेपाल र भारतका दुई प्रमुख धार्मिक स्थलबीचको आवागमन सहज हुने विश्वास गरिएको छ। यसले धार्मिक पर्यटकको संख्या बढाउनुका साथै सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन, रोजगारी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपाल–भारतबीचको ऐतिहासिक रोटीबेटी सम्बन्धलाई रेलमार्गमार्फत थप प्रगाढ बनाउने यो पहललाई दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रधानमन्त्री बालेन ...

काठमाडौं। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बाले ...

एनप्याब्सनका निवर्तम ...

लहान। निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनका निवर्त ...

गोलबजार उद्योग व्याप ...

गोलबजार । गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा महेश ...

मधेशको मुख्यमन्त्रीम ...

सिरहा । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A