फिरोज सिद्दिकी
लहान, ३० कार्तिक । सिरहाको लहान नगरपालिका–९ गोठ टोलस्थित राजदेवी स्थानमा तुलसी उद्यापन एवं आकाशदीप प्रज्वलन (पोखरी निस्तार) कार्यक्रम अहिले भइरहेको छ।
आज सोमबार धार्मिक विधिअनुसार कलश यात्रा निकालिएको छ। कलश यात्रामा उल्लेख्य स्थानीय श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको छ।
लहान न.पा.-९, गोठ टोल निवासी बाबा रामानन्द चौधरीले आयोजना गरिएको उक्त धार्मिक कार्यक्रममा रातिको समयमा पोखरी निस्तार तथा आकाशदीप प्रज्वलन गरिने आयोजकले जनाएको छ।
धार्मिक परम्परा र संस्कृतिको संरक्षण तथा धार्मिक आस्था अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक बाबा रामानन्द चौधरीले बताएका छन्। उनले कार्यक्रममा सहभागी भई धार्मिक अनुष्ठानको शोभा बढाउन सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासीलाई आग्रह गरेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A