सस्तो लोकप्रियताका लागि लहानका मेयरले दिएको भ्रामक अभिव्यक्तिप्रति नेकपा एमाले लहानको चेतावनी

  • जेठ १३, २०७९
  • समृद्धिपथ
alt

लहान । सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात लहान नगरपालिकाका नव निर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले सार्वजानिक मञ्चहरुमा दिएको भ्रामक अभिव्यक्तिप्रति नेकपा एमाले लहान नगर कमिटिको ध्यान आकर्षण भएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साहले जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तालगायतका व्यक्तिगत घट्ना दर्तामा स्थानीय सञ्चालन ऐन २०७४ अनुसार पहिलेदेखि नै निःशुल्क रहेकोलाई नगरप्रमुख चौधरीले निःशुल्क घोषणा गर्नु सस्तो लोकप्रियताको लागि भ्रामक अभिव्यक्ति रहेको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ- ज्यालादारीमा काम गर्ने नगर सुरक्षाकर्मी, सरसफाईकर्मी, कार्यालय साहायकलाई हटाउने सूचना जारी गर्नु, जनतालाई सहज र प्रभावकारी सेवाबाट बञ्चित गराउनुको साथै रोजगार पाएकाहरुलाई वेरोजगार बनाउने कार्य निन्दनीय रहेको छ । पूर्व जनप्रतिनिधिहरुले ८५ करोड ऋण नगरपालिकामाथि थुपारेको निराधार आरोप, नगरबस सञ्चालनमा रोक, विना सहमति लहान-३ मा फोहोर व्यास्थापन गर्ने नगरप्रमुख चौधरीको अभिव्यक्तिप्रति नेकपा एमाले लहान नगरकमिटिलाई गम्भीर बनाएको छ ।

नगरप्रमुखबाटै गैर जिम्मेबार अभिव्यक्ति र निराधार कपोकल्पित, भ्रामक आरोपहरु लगाउनुले सहमति, सहकार्य र एकताको सम्पूणर् आधारहरु भत्काउने हुँदा यसतर्फ पनि सचेत गराउन चाहन्छौं प्रेस विज्ञप्तीमा भनिएको छ ।

नेकपा एमाले लहान नगरकमिटिका अध्यक्ष साहद्वारा हस्ताक्षरित विज्ञप्तीमा लहान नगरपालिकाले विगतमा सञ्चालन गरेका गौरवका योजनाहरुमा फोहोरबाट मोहर बनाउने कार्य, शवदाह निर्माण, नयाँ बजार निर्माण, बस पार्क सञ्चालन, खुटी नहर निर्माण, १७ वटा कालेपत्र सडक निर्माणकार्य र जनतालाई दैनिक सहज सेवा प्रवाह गर्ने कामहरु प्राथमिकताकासाथ अघि बढाउन ध्यान आकर्षण गराउदै जनपक्षीय विकास निर्माणका कार्य रोक्ने र रोजगारी पाएकाहरुलाई वेरोजगार बनाउने कार्य नगरपालिकाले तत्कालै नरोकिएमा नेकपा एमाले थप कदम चाल्ने प्रति सचेत गराएका छन् ।

bigyapti

काठमाडौंको तीनकुने क ...

काठमाडौं, चैत १५ । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु ...

सरकारले भ्रष्टाचारी ...

काठमाडौं, शुक्रबार । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष ...

राजावादीको आन्दोलनमा ...

काठमाडौँ, शुक्रबार । व्यवस्थाको विरोध गर्दै राजावादीहरू ...

पत्रकारिताले बेथिति ...

फिरोज सिद्दिकी लहान, सिरहा । मधेश प्रदेश सरकारका गृह, ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A