सम्पादकीय

    Showing १-१० of २६ items.
  • कानुनी राज्यमा ट्राफिक प्रहरीले यस्तो व्यवहार किन?

    सम्पादकीय:  बलान पुल नजिक लहानमा विना नेमप्लेटका ट्राफिक प्रहरीले गाडी चालकसँग गरेको अमानवीय व्यवहार र हातपातको घटना कुनै सामान्य प्रहरी कार्यशैलीको प्रतिबिम्ब होइन, यो कानुनी राज्यमा असंवेदनशीलता, दण्डहीनता र शक्ति दुरुपयोगको गम्भीर सङ्केत हो। ट्राफिक प्रहरीले आफ्नो औपचारिक पोशाकमै नामै नभएको अवस्थामा नागरिकसँग दुव्र्यवहार गर्नु, हातपात गर्नु र गालीगलौज गर्नु केवल प्रहरी संगठनको गरिमा मात्र होइन, नागरिक–प्रशासन सम्बन्धको भरोसामाथि समेत प्रहार हो। विगत केही वर्षयता देशभर ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै गौरव गरिँदै आएको छ। तर लहानमा जस्तो व्यवहारले त्यो सुधारको आधार नै चर्किए

    • प्रकाशित मितिः साउन १७, २०८२
    • ८९९ पटक पढिएको
    • समृद्धिपथ
  • जसपा लहान नगर अध्यक्षमा महतो निर्वाचित

      जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता समाजवादी पार्टीको लहान नगर कमिटिको अध्यक्षमा राम उदगार महतो निर्वाचित हुनु भएको छ ।  सर्वसम्मत कमिटि चयन हुन नसकेपछि अध्यक्ष उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्ष पदको लागि आज सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा राम उदगार महतो ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँलाई योगेन्द्र (कारी) यादवले ६१ मत ल्याएर पछ्याउनु भएको थियो ।  यसैगरी उपाध्यक्षमा शत्रुधन यादव ,चन्द्र नारायण कुशवाहा सचिवमा राम औतार महतो सह सचिवमा क्रमश: शिव कुमार महतो र राम किसुन यादव र कोषाध्यक्षमा राधा महतो निर्वाचित हुनु भएको छ ।  १३५ प्रतिनिधि मध्ये १३

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ५७५ पटक पढिएको
    • समृद्धिपथ
  • गणतन्त्रको सवलताको लागि बाम एकता आवश्यक

      जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउको उठाउन खोज्दैछ । गणतन्त्र माथि नै हमला बोल्न बुता गरिरहेको छ । राजतन्त्र फर्काउन प्रतिगामी चलखेल बढिरहेकाले लोकतन्त्रवादी र गणतन्त्रवादीहरु यो व्यवस्थालाई कसरी सवल बनाइ रहने यस विषयमा अग्रगामी शक्तिहरु एक हुन आवश्यक छ । प्रतिगामी र अग्रगामी शक्तिहरुलाई सतही रुपले देख्न नसके पावर भएको चश्मा लगाएर किता छुट्याउन आवश्यक छ । बेलैमा किता मजबुत नगरे राजनीति दृष्टिकोण प्रष्ट हुन सक्दैन ।  नेपाल कम्युनिष्टहरुहरुको उर्वरभूमि हो । आपसमा फुटेर कमजोर देखिएको छ । गणतन्त्रको लागि दस वर्ष युद्धको नेतृत्ब गरेको नेकपा माओवादी केन्द्र झन् जिम्मेबार हु

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ५०५ पटक पढिएको
    • समृद्धिपथ
  • अशोक कुमार यादवको आगाडि अवसर र चुनौती उतिकै

      जीवछ उदासी  नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत रुपमा युवा नेता अशोक कुमार यादव चयन भएकोले नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको अर्थमा लिन सकिन्छ । नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु समयको माग हो । किसानको भाषामा उत्पादन बढाउन 'हाइब्रिड' प्रजातिको बीउ प्रयोग हुनु राजनीतिमा कम्प्युटर जस्तै अपडेइट भएको पुस्ता नयाँ आउनुलाई परिवर्तन भएको नै मान्न सकिन्छ ।  चैत २६ गते जिल्ला अधिवेशन उद्घाटन नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो । उहाँले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न दिनु भएको निर्देशनलाई नै समय ल

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • १,०५९ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा एमालेमा सर्वसम्मत कि चुनाव ? चर्चामा अशोक यादव

      जीवछ उदासी  नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको बन्द सत्र सिरहा सदरमुकाम सिरहामा चलि रहेको छ । सर्वसम्मत नेतृत्व चयनको लागि अध्यक्ष मण्डल लागि परेको छ । अध्यक्ष मण्डलको संयोजक एमाले सिरहा इन्चार्ज केन्द्रिय सदस्य सर्बसम्मत नेतृत्व चयनको लागि सारा तागत झोक्नु भएको छ । उद्घाटन सत्रमा पार्टीमा गुट उपगुटको जन्म हुन नदिन सर्वसम्मत नेतृत्व चयनको लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिनु भएको थियो । अध्यक्ष ओलीको निर्देशनलाई आधार बनाएर नै मधेश प्रदेशको इन्चार्ज समेत रहनु भएको लिलानाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनको लागि पार्टीको पुरानो पुस्ताबाट नेतृत्व छान जोड घटाउ

    • प्रकाशित मितिः चैत २८, २०८१
    • ८५४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा श्रेष्ठ कि महासेठ ? कसको पलरा भारी ?

      जीवछ उदासी  लहान,चैत २७   नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको उद्घाटन सिरहाको सत्यनारायण सुर्य नारायण मोरबैता बहुमुखी क्याम्पसको प्रङगनमा भयो । उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । उहाँले अधिवेशनबाट चुस्त दुरुस्त नेतृत्व सर्वसम्मतबाट चयन गर्न निर्देशन नै दिनुभयो । सर्वसम्मत हुनै सकेन भने चुनावको प्रक्रियामा जान लोकतान्त्रिक पद्धति र प्रक्रिया छदैछ ।  अधिकांश नेताहरुले नेतृत्व चयन सर्वसम्मत रुपमा नै चयन गरेको राम्रो हुने वाहिय रुपमा बताएपनि आन्तरिक रुपमा चुनावकै सामना गर्ने तयारीमा रहेको पनि देखियो । सर्वसम्मत र चुनाव दुबैतर्फ नेताहरुको मत

    • प्रकाशित मितिः चैत २७, २०८१
    • ६८८ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक आन्दोलनले शैक्षिक सुधारको माग पनि थपियोस्

      जीवछ उदासी  शिक्षा कुनै पनि देशको विकासको मेरुदण्ड हो । शिक्षाको जग बलियो भएन भने विकासको गति अघि बढ्दैन । नेपालको संविधानमा मौलिक हकको धारा ३१ मा उल्लेख भए अनुसार शिक्षा सबैले समान शिक्षा र नि:शुल्क शिक्षा पाउन नसकिरहेको पनि प्रष्टै छ । देशमा जारी २०२८ को शिक्षा ऐन संशोधन माथि संशोधन गरेर चलि रहेको छ । देशमा राजनीतिक परिवर्तन पटक पटक भयो तर नयाँ शैक्षिक ऐन आउन नसक्नु दुर्भाग्य हो । तीन तहको सरकार मध्ये स्थानीय सरकारलाई शिक्षा हेर्ने दिएको अधिकारको चरम दुरुपयोग भइरहेको छ । स्थानीय सरकारका प्रमुखले कुन शिक्षक कुन दलमा रहेको आधारमा दृष्टिकोण बनाएर पुर्वाग्रही भइ दुख दिइने कामले शिक

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ७९२ पटक पढिएको
    • समृद्धिपथ
  • पदीय मर्यादाको ख्याल गरियोस

    जीवछ उदासी, चैत २० गते लहान नगरपालिका देशकै सबैभन्दा बढी २४ वटा वडाहरु भएको नगरपालिका हो । एक लाखभन्दा बढी जनसंख्या रहेको यस नगरपालिकाको सांस्कृतिक राजनीतिक र धार्मिक क्षेत्र लोभ लाग्दो रहेको छ । यस नगरको विकासको लागि पूर्व नगरप्रमुख मुनि साहको कार्यकालमा हाम्रो लहान,समृद्ध लहानको नारा कार्यान्वयन गर्न अघि बढ्यो । वर्तमान नगरप्रमुख महेश प्रसाद चौधरीले नारालाई परिमार्जन गरी नारालाई केहि शब्दहरु थपेर लम्बे चौडे बनाउनुभयो । अर्थात फरक कार्यकाल फरक नारा हाम्रो लहान,सभ्य सुन्दर र सम्पन्न लहान राखियो । नाराको कार्यन्वयनको लागि एकल राजनीति दलीय सिण्डिकेटबाट संभव छैन । यसको लागि सहमति सहकार्य आवश्यक

    • प्रकाशित मितिः चैत २०, २०८१
    • ६३२ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा कार्डियो र डावेटिक सेन्टर सञ्चालनमा

    जीवछ उदासी  लहान,फागुन २६ गते   लहान नगरपालिका -४ मा हृदय रोग निवारण संघद्वारा कार्डियो र डाइवेटिक सेन्टर सञ्चालनमा आएको छ ।  सेन्टरको उद्घाटन लहान नगरप्रमुख महेश प्रसाद चौधरी र मुटु रोग चिकित्सक डा.कुमुद धितालले संयुक्त रुपमा उद्घाटन गर्नु भएका छन् । ठूलो अस्पताल खोल्ने सोचले कार्य अघि बढेको चिकित्सक धितालले वताउनुभयो । लहान नगरपालिका कार्डियो र डाइवेटिक सेन्टर सञ्चालनमा आउनु लहानको लागि एउटा गौरवको योजना आएको नगरप्रमुख चौधरीले भन्दै नगरपालिकाले आवश्यक सहयोग तयार रहेको दृढता व्यक्त गर्नुभयो ।   फागुन २६ र २७ गते दुई दिन नि:शुल्क शिविर आयोजना गरिएको छ । शिविर

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • १,१६६ पटक पढिएको
    • समृद्धिपथ
  • किसानको हाल पानी बिनाको माछा जस्तो कहिलेसम्म ?

        जीवछ उदासी  नेपाल कृषि प्रधान देश भनिन्छ । ६० प्रतिशतभन्दा माथिको नेपाली जनता कृषिमा आश्रित छ । किसानको अवस्थामा सुधार नभएसम्म देशको मुहार फेरिने छैन् । मधेशको समृद्धि हुन सक्दैन । किसानले गरि दिएको उत्पादनबाट नै सबैको आहार पुगेको छ । तर किसानको जीवनमा परिवर्तनको कुनै निखार देखिएको छैन् । किसान सोझा प्राणीको रुपमा गनिएको कारण पनि यस्तो भइरहेको तथ्य बाहिर घटनाक्रमले पुष्टि गरिरहेको छ । सर्लाहीको किसानले गरिरहेको किसानको उखु आन्दोलन विभिन्न काल खण्डमा भएको निर्णायक र छिटपुट आन्दोलनले निष्कर्षमा नपुग्दा किसानको जीवनमा कुनै परिवर्तन नआएको हो ।  लहान नगरपालिका -२ का कृषक

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ५०९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A