मेलमिलाप अभिकर्ताहरुको अभिमुखिकरण गोष्ठी सम्पन्न

  • असार २, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, असार २ गते । लहान न्यायिक समितिद्वारा संचालित मेलमिलाप अभिककर्ताहरुको दुई दिने पहिलो चरणका अभिमुखिकरण गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
तालिममा सहभागीहरुले आफनो वडामा सामाजिक पारिवारिक विवादहरुलाई मेलमिलाप गराएर सामाजिक न्याय दिलाउन सक्ने ज्ञान सीप हासिल भएको अभिकर्ताहरुले खुसी साट्दै बताएका छन् ।
लहान ११ का राजेन्द्र प्रसाद साह उमेरले झण्डै ६० वर्ष पुग्नै लागेको भन्दै युवाकालदेख नै सामाजमा सामाजिक पञ्चायतहरु गरेर सामाजमा मेलमिलाप गराँउदै आइरहेका थिए । तर मेलमिलाप गराउने तौर तरिका कानुनी र सामाजिक दुबै पक्षलाई आधार बनाएर मेलमिलाप गराउन सकेको थिएन । गत वर्ष लहान नगरपालिका न्यायिक समितिबाट आठ दिने तालिम लिएपछि तौर तरिका सिक्न पाए । यसवर्ष दुई दिनको गोष्ठीले त अब आफ्नो गाँउठाँउको झैझगडा सजिलै मिलाउन सक्ने ज्ञान सीप सिकेको छु ।
लहान ३ का विलेक्षण कामैत उमेरले युवा बाणिज्यमा स्नाकतर रहेको भन्दै आफ्नो गाँउ टोलामा भइरहेको विभिन्न झैझगडालाई जनप्रतिनिधिहरुको सहयोग पाएर सामाजिक न्याय दिलाउन सक्ने तागत दुई दिनको अभिमूखिकरण तालिमबाट पाएको हर्ष व्यक्त गर्नुभयो ।
लहान २ का अर्का अभिकर्ता पविना सिंह भन्नुहुन्छ,म विगतमा शिक्षण पेसामा पनि लागेका थिए । नेकपाको क्रियाशील नेतृ पनि हुँ । सिरहा जिल्लामा रहेको १७ वटै स्थानीय तहहरु मध्ये लहान नगरपालिकाले सामाजिक न्यायको क्षेत्रमा जुन किसिमको काम प्रगति गरेको छ यो अभयासलाई जिललाकाअन्य स्थानीय तहहरुले समेत सक्रियता देखाउने हो भने अधिकांश सामाजिक विवादहरुलाई आफ्नै गाँउ ठाँउमा मिलाउन सकिन्छ । उर्जा र प्रेरणा त हामी पायौ नै साथै यसले अदालत र प्रहरीमा न्यायको लागि जानु पर्ने बाध्यताको अन्तय हुनेछ । सामाजिक न्याय विना समृद्धि संभव नभएकोले लहान नगरपालिका न्याय र विकासततर्फ समान्तर रुपमा अघि बढिरहेको छ सवल पक्ष देखिएको छ ।
प्रशिक्षक देवराज पोखरेल र दिपेन्द्र सिंहले विवादमा मेलमिलाप कर्ताको भूमिका कस्तो हुनुपर्ने विषयमा गराएको अभयासले त दुई दिनको तालिम फलदायी भएको लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीले आफनो धारणा राख्नु भएको थियो । दुई दिने मेलमिलाप अभिकर्ता गोष्ठीको व्यवस्थापनमा न्यायिक समितिका सदस्यहरु देवशरण पण्डित,शान्ति सदाय र लहान नगरपालिकाका प्रशासकीय अधिकृत उत्तम ढकाल, सुब्बा राम लखन साहले हार्दिकतापूर्वक सहयोग गर्नु भएको सहभागीहरुले धन्यवाद ज्ञापन गरेका थिए ।

अभिमुखीकरणको उद्घाटन गर्दै पहिलो दिन नगरप्रमुख मुनि साहले साजिक न्याय नै समृद्धिका आधार भएकोले अभिमुखीकरण गोष्ठीबाट प्राप्त ज्ञान सीपलाई सामाजमा प्रयोग गरेर सामजिक र पारिवारिक शान्ति कायम गर्न लाग्नुपर्ने सुझाव दिनु भएको थियो ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A