मेलमिलाप अभिकर्ताहरुको अभिमुखिकरण गोष्ठी सम्पन्न

  • असार २, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, असार २ गते । लहान न्यायिक समितिद्वारा संचालित मेलमिलाप अभिककर्ताहरुको दुई दिने पहिलो चरणका अभिमुखिकरण गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
तालिममा सहभागीहरुले आफनो वडामा सामाजिक पारिवारिक विवादहरुलाई मेलमिलाप गराएर सामाजिक न्याय दिलाउन सक्ने ज्ञान सीप हासिल भएको अभिकर्ताहरुले खुसी साट्दै बताएका छन् ।
लहान ११ का राजेन्द्र प्रसाद साह उमेरले झण्डै ६० वर्ष पुग्नै लागेको भन्दै युवाकालदेख नै सामाजमा सामाजिक पञ्चायतहरु गरेर सामाजमा मेलमिलाप गराँउदै आइरहेका थिए । तर मेलमिलाप गराउने तौर तरिका कानुनी र सामाजिक दुबै पक्षलाई आधार बनाएर मेलमिलाप गराउन सकेको थिएन । गत वर्ष लहान नगरपालिका न्यायिक समितिबाट आठ दिने तालिम लिएपछि तौर तरिका सिक्न पाए । यसवर्ष दुई दिनको गोष्ठीले त अब आफ्नो गाँउठाँउको झैझगडा सजिलै मिलाउन सक्ने ज्ञान सीप सिकेको छु ।
लहान ३ का विलेक्षण कामैत उमेरले युवा बाणिज्यमा स्नाकतर रहेको भन्दै आफ्नो गाँउ टोलामा भइरहेको विभिन्न झैझगडालाई जनप्रतिनिधिहरुको सहयोग पाएर सामाजिक न्याय दिलाउन सक्ने तागत दुई दिनको अभिमूखिकरण तालिमबाट पाएको हर्ष व्यक्त गर्नुभयो ।
लहान २ का अर्का अभिकर्ता पविना सिंह भन्नुहुन्छ,म विगतमा शिक्षण पेसामा पनि लागेका थिए । नेकपाको क्रियाशील नेतृ पनि हुँ । सिरहा जिल्लामा रहेको १७ वटै स्थानीय तहहरु मध्ये लहान नगरपालिकाले सामाजिक न्यायको क्षेत्रमा जुन किसिमको काम प्रगति गरेको छ यो अभयासलाई जिललाकाअन्य स्थानीय तहहरुले समेत सक्रियता देखाउने हो भने अधिकांश सामाजिक विवादहरुलाई आफ्नै गाँउ ठाँउमा मिलाउन सकिन्छ । उर्जा र प्रेरणा त हामी पायौ नै साथै यसले अदालत र प्रहरीमा न्यायको लागि जानु पर्ने बाध्यताको अन्तय हुनेछ । सामाजिक न्याय विना समृद्धि संभव नभएकोले लहान नगरपालिका न्याय र विकासततर्फ समान्तर रुपमा अघि बढिरहेको छ सवल पक्ष देखिएको छ ।
प्रशिक्षक देवराज पोखरेल र दिपेन्द्र सिंहले विवादमा मेलमिलाप कर्ताको भूमिका कस्तो हुनुपर्ने विषयमा गराएको अभयासले त दुई दिनको तालिम फलदायी भएको लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीले आफनो धारणा राख्नु भएको थियो । दुई दिने मेलमिलाप अभिकर्ता गोष्ठीको व्यवस्थापनमा न्यायिक समितिका सदस्यहरु देवशरण पण्डित,शान्ति सदाय र लहान नगरपालिकाका प्रशासकीय अधिकृत उत्तम ढकाल, सुब्बा राम लखन साहले हार्दिकतापूर्वक सहयोग गर्नु भएको सहभागीहरुले धन्यवाद ज्ञापन गरेका थिए ।

अभिमुखीकरणको उद्घाटन गर्दै पहिलो दिन नगरप्रमुख मुनि साहले साजिक न्याय नै समृद्धिका आधार भएकोले अभिमुखीकरण गोष्ठीबाट प्राप्त ज्ञान सीपलाई सामाजमा प्रयोग गरेर सामजिक र पारिवारिक शान्ति कायम गर्न लाग्नुपर्ने सुझाव दिनु भएको थियो ।

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A